विमान दुर्घटनामा ४८ को मृत्यु

452707240pia-wikiइस्लामावाद– पाकिस्तानको पर्यटकीय सहर चितरालबाट राजधानी इस्लामावाद आउँदै गरेको पाकिस्तान इन्टरनेसनलको विमान बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । आजको अन्नपुर्ण राष्ट्रिय दैनिकमा खबर छ ।

विमानमा एक लोकप्रिय कलाकारसहित ४३ यात्रु र चालकदलका पाँच सदस्य थिए । विमानमा यात्रा गरिरहेका पाकिस्तानी पप गायक जुनेद जमशेद पछिल्लो समयमा धर्मगरु बनेका थिए ।

चितरालबाट दिउँसो ३ः३० बजे उडान भरेको उक्त विमान ४ः४० बजे इस्लामावादस्थित बेनजिर भुट्टो इन्टरनेसनल विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

तर ४ः१५ बजे राडारसँग विमानको सम्बन्ध विच्छेद भएको थियो । सबै यात्रुको मृत्यु भएको आशंका गरिए पनि पाकिस्तानी सेनाले बुधबार रातिसम्म २१ वटा शव फेला पारेको छ । सैनिकहरु उघार कार्यमा जुटेको सेनाले बताएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी