महाधिवेशनको एक महिना नहुँदै तरुण दलमा विवाद, पूर्व पदाधिकारीद्वारा पुनः महाधिवेशन गर्न माग

nepal-tarun-dal-1काठमाडौँ । पोखरा महाधिवेशनबाट असन्तुष्ट बनेका नेपाली काँग्रेसका भातृ सङ्गठन नेपाल तरुण दलका पूर्व पदाधिकारीले नयाँ वानेश्वरमा छुट्टै भेला गरेका छन् ।

पोखरामा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल निकटकाले असन्तुष्टि राख्दै विधि र प्रक्रियाअनुसार महाधिवेशन माग गर्दै भेला गरेका हुन् ।

असन्तुष्टि पक्षधर लक्ष्मी खतिवडाले महाधिवेशनलाई पार्टी नेतृत्वले हस्तक्षेप गरेकाले विधि र विधानसम्मत तरुण दलको महाधिवेशन गर्न माग गर्न भेला गरिएको जानकारी गराइन् । “बन्दसत्र सञ्चालन नै नभई पार्टी नेतृत्वले हस्तक्षेप गरी नयाँ कार्यसमिति बनाएको छ”– उनले भनिन्,  “यो हामीलाई मान्य छैन । महाधिवेशन विधि र विधानसम्मत चल्नु प¥यो ।”

कार्यक्रममा दलका पूर्वअध्यक्ष विनोद कायस्थ, पूर्वमहासचिव पुष्प पराजुली, नेपाल विद्यार्थी सङघका पूर्वअध्यक्ष महेन्द्र शर्मा लगायतले महाविधेशन विधि प्रक्रियामा नै नभएकाले पुनः महाधिवेशन गर्नुपर्ने माग राखे । तरुण दलको पोखरामा कात्तिक २७ देखि २९ गतेसम्म महाधिवेशन भएको थियो । महाधिवेशनले जितजङ्ग बस्नेतलाई सर्वसम्मत अध्यक्षमा चुनेको थियो । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा