छोराछोरी स्कुल, आमा कम्प्युटर तिर
पर्वत /खानीगाउँकी प्रमिला परियार छोराछोरी स्कुल पठाएपछि कम्प्युटर सिक्न मोती पुस्तकालय पुग्छिन ।
उमेरले ३५ पुगेकी परियारले बिदेशमा रहेका श्रीमान संग कुराकानी गर्नका लागि सहज हुने देखेर छोराछोरी स्कुल पठाएपछि कम्प्युटर सिक्न निस्केकी हुन । ‘उमेरमा कम्प्युटर सिक्न पाइएन’ उनले भनिन ‘पछुतो भएकाले ढिलै भएपनि प्रबिधीको मोहले गर्दा सिक्न निस्केकी छु’
उनी मात्रै होइन पर्वतको फलेबास क्षेत्रका गृहिणी महिलाहरु यतिबेला कम्प्युटर सिक्न मोतीपुस्तकालयमा पुग्ने गरेका छन । फलेवास स्थित खानीगाउँमा रहेको मेती सामुदायिक पुस्तकालयले बिबाहित गृहणी महिलाहरुलाई निशुल्क कम्प्यूटर शिक्षा सिकाउन थालेपछि घर धन्दा सकेर महिलाहरु कम्प्युटर सिक्न निस्केका हुन । कम्प्युटर चलाउने तथा तथा छोराछोरीलाई समेत सिकाउने उद्देश्यले सिक्न आएको सम्झना परियारको भनाई छ । बिदेशमा भएका श्रीमान संग इमेल इन्टरनेटका माध्यमबाट कुराकानी गर्न सजिलो हुने बिश्वास पनि उनको छ । ‘बिदेशमा भएका श्रीमान संग कुरा गर्न सहज होला भन्ने बिश्वास लिएको छु’ उनले भनिन ‘भविश्यमा छोराछोरीलाई पनि सिकाउन सक्छु जस्तो लागेको छ’
ग्रामीण क्षेत्रका महिलाहरुलाई आधुनिक शिक्षा र प्रविधिसँंग परिचित गराई सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले पुस्तकालयमै निशुल्क कम्प्यूटर शिक्षा दिलाउन थालिएको छ । विकट दुर्गम गाउँका बिबाहित गृहणी महिलाहरुलाई कम्प्युटर सम्बन्धि ज्ञान दिन तथा कम्प्यूटर शिक्षा पाउनबाट महिलाहरु वन्चित हुन नपरोस भन्ने उद्देश्यका साथै कम्प्युटर सम्बन्धि ज्ञान केही थाहा नहुदाँ महिलाहरु पछाडि परेकोले पुस्तकालयले गृहणी महिलाहरु लाई लक्षीत गरि उक्त कार्यक्रम ल्याएको पुस्तकालय व्यबस्थापन समितिले जनाएको छ ।
गृहणी महिलाहरु आधुनिक प्रविधिवाट निकै पछाडी परेको भन्दै राज्यको विभिन्न निकायमा महिला सहभागिता बढाउन महिलाको क्षमता विकास गर्न कम्प्यूटर शिक्षा अनिवार्य भएकोले निशुल्क कम्प्युटर शिक्षा सिकाउने निर्णय गरेको पुस्तकालयका संरक्षक भोलानाथ शर्माले बताउनुभयो । बिभिन्न ठाउँमा सामुदायिक सिकाई केन्द्रहरु अलपत्र परेको अवस्थामा पुस्तकालयले गरेको उक्त कार्यले महिलाहरुको सिकाई उपलब्धिमा समेत बृद्धि हुने देखिएको छ ।
गृहणी महिलाहरुलाई बिहान ११ बजे देखि ३ बजे सम्म को समय मिलाएको लाईब्रेरियन ईन्द्र सापकोटाले जानकारी दिनुभयो । कम्प्युटर सिक्नका लागि फलेवास आसपासका ५० भन्दा बढि महिलाहरु सहभागि हुने गरेका छन् ।
पुस्तकालयले ६० बर्ष भन्दा माथीका नेपाली जेष्ठ नागरिक, अशक्त असायहरु, सिमान्तकृत नागरिक, दलित, जनजाती लगाएत लाई जन्मदर्ता, बसाईसराई, प्रमाण पत्र, जग्गाधनि पुर्जा, भौचर, पेन्सन पट्टा को फोटोकपी, ईमेल ईन्टरनेट, स्क्यानिङ लगायतको सेवा समेत निशुल्क उपलब्ध गराउने भएको छ ।