रासायनिक मलको मुल्य घट्यो, किसानलाई राहत
पर्वत/हिउँदेबाली लगाइ सक्ने समयमा कृषि सामाग्री कम्पनी लिमिटेडले रासयनिक मलको मुल्य घटाएको छ।
कम्पनी किसानले बढी प्रयोग गर्दै आएका युरिया र डिएपी मलको मुल्य आइतबार देखि लागु हुने गरी घटाएको हो । मुल्य घटेपछि कृषकहरु भने लाभान्वित हुने भएको छ।
कृषि सामाग्री कम्पनी लिमिटेड उपशाखा कार्यालय पर्वतले दिएको जानकारी अनुसार युरिया मलमा पंतिकेजी ४ रुपैया र डिएपीमा प्रतिकेजी २ रुपैया मुल्य घटेको छ । यस अघि प्रतिकेजी २० रुपैया ७४ पैसामा किन्दै आएका कृषकले अब १६ रुपैया ७४ पैसामा मल खरिद गर्न सक्छन यस्तै डिएपी प्रतिकेजी ४७ रुपैया ७२ पैसामा खरिद गर्दै आएका कृषकले ४५ रुपैया ७२ पैसामा खरिद गर्न सक्ने भएका छन ।
कम्पनीका कुस्मा प्रशाखाका प्रमुख नारायण शर्माका अनुसार युरियामा प्रतिबोरा २ सय र डिएपीमा प्रतिबोरा १ सय रुपैया मुल्य कम भएको छ। ‘यसले कृषकलाई राहत दिन्छ’ उने भने । कम्पनीले धौलागिरीका चार जिल्लामा मल बितरण गर्दै आएको छ। सहकारी र कृषकहरु मार्फत बितरण हुँदै आएको शर्माले बताए ।यस बर्ष आलु, गहुँ, तोरी, मसुरो लगायतका हिउँदे खेती कृषकले लगाइ सकेको भएपनि मकै लगायतका बाली लगाउने बेला मुल्य घटेपछि राहत मिल्ने उनको भनाई छ।