प्रचण्डलाई रोक्न खोज्दा एमाले कैलालीका अध्यक्षसहित ७० जना पक्राउ

dhangadhi-band-2-768x576

धनगढी, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रोक्न खोज्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कैलालीका अध्यक्षसहित ७० जनाभन्दा बढी नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली सदरमुकाम धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री आउनैलाग्दा उनलाई रोक्न सडकमा प्रदर्शनमा उत्रिएका एमाले नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी, सचिव रणबहादुर चन्द, नेता यज्ञराज बास्तोला युवा संघ नेपालका केन्द्रिय सदस्य मदन रेग्मी, अनेरास्ववियुका कैलाली अध्यक्ष चुडामणी भट्टसहितका ७० जना भन्दा बढी नेता कार्यकता पक्राउ परेका हुन् । उनीहरु जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका छन् ।

धनगढी बन्द आह्वान गर्दै महोत्सव स्थल बाहिर टायर बाल्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । एमालेले बुधबार धनगढी बन्दको आह्वान गरेको छ ।

एमालेको बन्दैसँगै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि