इन्डोनेशियामा ६.५ म्याग्निच्युडको भूकम्प, २५ को मृत्यु
December 7, 2016 | 2:15 pm    

इन्डोनेशियाको आच प्रान्तमा बुधबार गएको भुकम्पमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ। ६.५ म्याग्निच्युडको भुकम्पका कारण सयौं घरहरु पुरिएको बीबीसीले जनाएको छ। ती घरका भग्नावशेषमा पुरिएको हुनसक्ने आशंका गरिएको छ। मृतकको संख्या अझै बढ्न सक्ने पिडि जया जिल्लाका उपप्रमुख सयद मुल्यादिले बताएको बीबीसीले उल्लेख गरेको छ। जयाका अनुसार अस्पतालहरु घाइतेले भरिएका छन्। उद्दार कार्यमा ठूला उपकरणको प्रयोग भइरहेको छ। र, भग्नावशेषमा पुरिएकाको खोजी गर्ने उपकरणको आवश्यकता रहेको उनले बताएका छन्। मान्छेहरु घरबाहिर निस्केर खुला ठाउँमा बसेका छन्। लगातार परकम्प आइरहेका कारण उनीहरु घर फर्किन डराइरहेको बताइइएको छ। सहरबाट १५ किलोमिटर दक्षिणपूर्वी समुद्री टापुमा केन्द्रविन्दु भएपनि सुनामीको शंका भने नरहेको इन्डोनेशियाको भुगर्भ विभागले बताएको छ। सोही प्रान्तमा सन् २००४ मा ८.९ म्याग्निच्युडको भुकम्पका कारण सुनामी आएर १ लाख २० हजारको ज्यान गएको थियो। इन्डोनेशिया भुकम्पको जोखिममा रहेको मुलुक हो।