म्याग्दी बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

timthumb-1म्याग्दी बहुमुखी क्याम्पसमा मङ्गलबार बिहान क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी भ्एको छ । क्याम्पसमा क्रियाशिल विद्यार्थी सङ्गठन अनेरास्वियुले विद्यार्थीहरुलाई मर्का पर्नेगरी मासिक शुल्कमा भारी वृद्धि गरेको भन्दै तालाबन्दी गरेको हो ।अनेरास्ववियु क्याम्पस कमिटीका सचिव ईवर सुवेदीले यसअघि क्याम्पस प्रसासनलाई पटकपटक शुल्कवृद्धिको बारेमा ज्ञापनपत्र बुझाई शुल्क वृद्धि फिर्ता लिन अनुरोध गरिए पनि त्यसको वेवास्ता गरेका कारण ताला लगाउनुपरेको बताए ।

उनले अझै पनि शुल्क वृद्धि फिर्तालाई वेवास्ता गरेमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् अनेरास्ववियु म्याग्दी क्याम्पसका अध्यक्ष खगेन्द्र घतीले कुनै पनि हालतमा क्याम्पसको शुल्क वृद्धि कार्यान्वयन गर्ने नदिने बताउँदै क्याम्पस सहायक प्रमुख र लेखा शाखामा समेत तालाबन्दी गर्ने चेतावनी दिए । अनेरास्ववियु म्याग्दी क्याम्पसले आफुहरुको माग सम्बोधन गर्न क्याम्पस प्रशासनलाई २४ घण्टाको अल्टिमेटम दिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी