मेसीको खेल हेर्न लिभरपुलका खेलाडी बार्सिलोनाको मैदानमा

timthumb-1लिओनल मेसी र बार्सिलोनाको खेल हेर्न इङ्लिस क्लब लिभरपुल मंगलबार राति क्याटलान शहरस्थित बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्प पुग्यो। प्रशिक्षक जर्गेन क्लोपको अगुवाईमा नोउ क्याम्प पुगेको लिभरपुलका सबै खेलाडीले बार्सिलोना र बोरुसिया मोनचेनग्लाडबाचबीचको खेलको आनन्द उठाए। जुन खेलमा मेसीको एक र आर्डा टुरानको ह्याट्रिक गोलको सहयोगले बार्सिलोना ४–० ले विजयी भयो।

इङ्लिस प्रिमियर लिगमा आइतबार राति बर्नेमाउथसँग ४–३ गोलको पराजय भोगेको लिभरपुलका खेलाडी एक्कासी बार्सिलोनाको रंगशालामा देखिएपछि सबै चकित परेका थिए। लिभरपुल स्पेनको न्यायो मौसममा एक साताको ट्रेनिङका लागि क्याटलान शहर पुगेको थियो। आउँदो आइतबार लिभरपुलले प्रिमियर लिगको अघिल्लो खेल वेष्ट हामसँग एनफिल्डमा खेल्ने कार्यक्रम छ।

जर्मन प्रशिक्षक क्लोपले खेल सकिएपछि नोउ क्याम्पमा खेलाडीसँग बसेको तस्बिर ट्विटरमार्फत सेयर गरेका थिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो