मेलम्चीमा भेटिएको पहेँलो धातु सुन होइन माइका

sunमेलम्चीको सुरुङ खन्दा निस्केको चम्किलो पहेँलो धातु माइका भएको पत्ता लागेको छ । खानी तथा भूगर्व विभागको प्रयोगशालामा गरिएको परीक्षणमा सुरुङ खन्दा भेटिएको नमूनाको वरिपरि चम्किने पदार्थमाइकाका केही टुक्रा मात्र टाँसिएको र भित्रि भाग चट्टान भएको भेटिएको छ। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

विभागका सिनियर जिओलोजिष्ट धर्मराज खड्काले भने, हामीले मेलम्चीबाट ल्याएको नमुनाको सुन र तामा हो कि भनेर रासायनिक र भौतिक परीक्षण गर्यौँ तर त्यसमा चम्किने पदार्थ माइकाबाहेक अरु केही पनि भेटिएन । नमूनामा सुन र तामाको कुनै गुण छैन ।

सुरुङ खन्दै गर्दा भेटिएको पदार्थ सुन हो भन्ने आशंकामा विभागको प्रयोगशालामा आइतबार नमूना ल्याइएको थियो । विभागका वैज्ञानिकले आइतबार र सोमबार दुई दिन लगाएर रासायनिक र भौतिक परीक्षण गरेको थियो । नमूना वरिपरि सुन जस्तै चम्किने माइकाका टुक्रा भएकाले सुन हुन सक्ने आशंका गरिएको थियो ।

बरु त्यो क्षेत्रमा माइका हुन सक्ने अनुमान गरिएको छ । बिजुलीका तारबाहिर इन्सुलेटर निर्माण गर्न माइकाको प्रयोग गरिन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो