आयव्यय नबुझाउने ८२ वटा दललाई जरिवाना

election-commictionनिर्वाचन आयोगले प्रचलित कानुनी व्यवस्थाको बेवास्ता गरी आयव्ययसहितको वार्षिक प्रतिवेदन नबुझाउने ८२ वटा राजनीतिक दललाई जरिवाना गर्ने भएको छ ।कानुनी व्यवस्थाअनुसार समयमा प्रतिवेदन नबुझाउने दललाई एक सय रुपियाँ जरिवाना हुन्छ । जरिवाना गरिएका दलहरूमा व्यवस्थापिका संसद्मा रहेका दलहरू पनि छन् ।

संसद्मा ११ जना सांसद रहेको तराई–मधेस लोकतान्त्रिक पार्टी पनि कारबाहीमा परेको छ । सो पार्टीका नेता बृजेशकुमार गुप्तले अघिल्लो आर्थिक वर्षको आयव्यय विवरण पार्टीले केही ढिला गरी बुझाइसकेको र यस वर्षको आयव्ययको विवरण बुझाउने समय रहेको बताउनुभयो ।

यसैगरी पूर्वमन्त्री एवं सांसद विश्वेन्द्र पासवानको बहुजन शक्ति पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सांसद कुमार खड्कासमेत रहेको अखण्ड पार्टी नेपाल, गोपाल दहितसहित सांसद रहेको थरुहट तराई पार्टी नेपाल पनि कारबाहीमा परेका छन् ।

आयोगले यसअघि ११ वटा राजनीतिक दल खारेज नै गरेको थियो । आयोगमा हाल १६९ वटा दल दर्ता कायम छन् । आयोगले असार २१ गते सार्वजनिक सूचना प्रकाशन गरी आयव्ययको विवरण पेस नगर्नु नपर्ने कुनै कारण भए चितबुझ्दो जवाफ पेस गर्न आग्रह गरेको थियो ।

तोकिएको अवधिमा आयव्ययको विवरणको वार्षिक प्रतिवेदन तथा भनाइ पेस नगर्ने दलहरूलाई ‘राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम एक सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि