आन्तरिक हवाई भाडा ६ वर्षयताकै सस्तो

simrik-taraआन्तरिक उडानतर्फको हवाई भाडा पछिल्लो ६ वर्षयताकै सस्तो भएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा कम्पनीहरूले गन्तव्यअनुसार ९० देखि ३ सय १० रुपैयाँसम्म भाडा घटाएका छन्। पछिल्लो दुई महिनायता वायुसेवा सञ्चालक संघ र नागरिक उड्डयन प्राधिकरणको संयुक्त कार्यदलले मंगलबार दोस्रोपटक भाडा समायोजन गरेको हो । यो समायोजनसँगै हवाई भाडा पछिल्लो ६ वर्षयताकै कम भएको वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए ।

इन्धनको मूल्य घटेपछि वायुसेवाहरूले यात्रुसँग लिने फ्युल सरचार्ज घटाउने गरेका छन् । नेपाल आयल निगमले सोमबार कायम गरेको नयाँ मूल्यअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८६ रुपैयाँमा झरेको छ । यसअघि ३ पुस ०६७ मा हवाई इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ रहेको थियो । सोही वर्ष २८ फागुनमा ९० रुपैयाँ प्रतिलिटर पुगेको हवाई इन्धनको मूल्य त्यसपछि भने निरन्तर वृद्धि भइरहेको थियो । हवाई इन्धनको मूल्यमा न्यूनतम ४ रुपैयाँसम्म थपघट भए सोही आधारमा सरचार्ज समायोजन गर्ने प्रचलन रहेको सिम्रिक एअरका बजार प्रबन्धक प्रज्ज्वल थापाले बताए । ‘त्यस आधारमा यो भाडा ६ वर्षयताकै सस्तो हो,’ उनले भने । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)को मंगलबार बसेको संयुक्त बैठकले बुधबारदेखि लागू हुने गरी फ्युल सरचार्ज घटाउने निर्णय गरेको हो।

निगमले सोमबार आन्तरिक उडानका विमानले भर्ने इन्धनको मूल्यमा प्रतिलिटर ८ रूपैयाँ र अन्तर्राष्ट्रिय उडानका जहाजले भर्ने इन्धनको मूल्यमा प्रतिकिलोलिटर ८१ डलर कटौती गरेको थियो । पछिल्लो मूल्यअनुसार आन्तरिकतर्फ प्रतिलिटर ८६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर सात सय ५० डलर कायम भएको आयल निगमले जानकारी दिएको छ ।

कसरी तोकिन्छ भाडा ?

हवाई भाडा दुईवटा भाडा (निर्धारित भाडा र फ्युल सरचार्ज)को योगबाट तयार हुन्छ । सरकारले ०६७ मा वायुसेवा कम्पनीले लिन पाउने अधिकतम भाडा निर्धारण गरेको छ । हरेकपटक इन्धनको मूल्यमा थपघट हुँदा सरकारले तोकेको अधिकतम भाडा यतावत् रहन्छ भने फ्युल सरचार्ज मात्र थपघट हुन्छ ।

नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’