जयललिताः बलिउड अभिनेत्रीदेखि राजनीतिका ‘आइरन लेडी’सम्म

एजेन्सी/ जयललिता एक त्यस्ती अभिनेत्री हुन् जसले फिल्मी क्षेत्रदेखि राजनैतिक क्षेत्रसम्म पनि आफ्नो वर्चस्व कायम राख्न सफल भएकी थिइन् ।

jaya-lalita-final

आफूले गरेका कामहरु उनले सफलतापूर्वक नै निभाएकी थिइन् । आफ्नो नयाँ नयाँ कामबाट जनताको मन जित्न सफल भएकी थिइन जयललिता ।

बलिउड अभिनेत्रीदेखि ‘अम्मा’ उपमा बाट समेत चर्चित जयललिताको जीवनमा आएको उतारचढावका बारेमा जानौं ।

जयललिताको परिचय
जयललिताको जन्म सन १९४८ को फ्रेबुअरी महिनाको २४ तारिखका दिन कर्नाटक राज्यको अय्यर परिवारमा भएको थियो ।

उनको घरमा पढाईको माहोल थियो । जयललिताका हजुरबुबा प्रख्यात सर्जन थिए । जयललिताको पूरा नाम जयललिता जयराम हुन् । उनी २ बर्षकी हुँदा नै उनको बुबाको मृत्यु भएको थियो । र, उनले जीवनमा निकै कष्ट भोग्नुप–यो ।

गरिबीका कारण फिल्मीक्षेत्रमा
जयललिताकी आमा पनि फिल्ममा अभिनय गर्थिन् । तर आमाले भने जयललितालार्य फिल्मीक्षेत्रबाट बाहिर नै राख्न चाहेकी थिइन् । गरिबी कारण बाध्य भएर जयललिता फिल्मी क्षेत्रमाा प्रवेश गरेकी थिइन् ।

j-jayalalitha-rare-photo-collection-5

बैगलोरमा परिवारसाथमा बसिरहेका बेला उनले खर्चको जोहो गर्नै फिल्म खेल्ने निधो गरिन् । उनले पहिलोपटक तामिल फिल्म ‘सन्ध्या’मा खेल्ने निधो गरिन् ।

उनी फिल्मीक्षेत्रमा प्रवेश गरेको बेला फिल्मक्षेत्रमा काम गर्ने महिलालाई राम्रो नजरले हेरिदैन थियो । आफ्नो मजबुरीका कारण फिल्म खेलेकी जयललिताकी आमाले जयललितालाई फिल्मीक्षेत्रबाट टाढा राख्न चेन्नईमा पठाएकी थिइन् ।

निकै नै सुन्दरी जयललिताई पढाईको साथसाथै संगीतमा पनि निकै रुची थियो । उनी एक उत्कृष्ट नृत्यगना पनि हुन् । उनले आफ्नो सबै पढाई सरकारी छात्रबृतिमा नै पूरा गरिन् ।

उनी १३ बर्षकी भएको बेला नै उनको जीवनमा ठूलो मोड लियो । तामिल फिल्म निर्माताले उनलाई ‘सन्ध्या’ फिल्म खेल्ने प्रस्ताव राखिन् । र, जयललिताकी आमाले निर्माताको यो प्रस्वाव स्वीकारे ।

१५ बर्षको उमेरमा अंग्रेजी फिल्ममा प्रवेश
जयललिताले १५ बर्षकी हुँदा नै ‘एपिसल’ नामको अंग्रेजी फिल्ममा काम गरेकी थिइन् । उनको अभिनय र नृत्य क्षमताको कारण उनी छोटो समयमै कर्नाटक राज्यमा प्रख्यात भइन् । उनले तामिल फिल्मको साथसाथै तेलगु, कन्नड र हिन्दी फिल्ममा समेत काम गरेकी थिइन् ।

jaya-lalita-1

त्यति नै बेला उनको भेट सुपरस्तार एमजी रामचन्द्रसँग भए । एमजीसँग नाम जोडिए पछि जयललिताको बारेमा अनावश्यक टीकाटिप्पणी र बदनामी खबरहरु बाहिर आउन थाले ।

दुबै प्रेममा परेको कुरा मिडियामा प्रचार भए । तर एमजी भने विवाहित थिइन् । एमजीको दुईबच्चा भएका थिए । त्यसकारण दुबैको प्रेमले कुनै सम्बन्ध विस्तार हुन पाएन ।

करिब ३ सय फिल्ममा गरिन् काम
कन्नड,तामिल,अंग्रेजी र हिन्दी गरी करिब ३ सय फिल्ममा जयललिताले काम गरेकी थिइन् । कन्नड भाषामा उनको पहिलो फिल्म ‘चिन्नाडा गोम्बे’ थिए जुन सन १९६४मा रिलिज भएको थियो । जयललिता तामिलमा यस्ती नायिका थिइन् जसले फिल्ममा पहिलोपटक स्कर्ट लगाएर भूमिका निभाएकी थिइन् ।

jayalalitha-jayaram

उनी तामिल फिल्ममा सर्वाधिक रुचाएकी हिरोइन थिइन् । उनले आफ्नो बीस बर्षको आफ्नो फिल्मी जीवनमा एकमात्र हिन्दी फिल्म खेलेकी थिइन् । त्यो पनि निर्देशक टी प्रकाशरावको बढी नै इज्जत गर्थिन् । जयललिताको यस हिन्दी फिल्म निकै नै चर्चित बनेका थियो । जुन फिल्म उनले बलिउड सुपरस्टार धमेन्द्रसँग खेलेकी थिइन् । यस फिल्ममा उनले आदिवासी महिलाको भूमिका निभाएकी थिइन् ।

एमजी रामचन्द्रन केवल साथीमात्रै
जयललिताले सार्वजनिक रुपमै एमजी रामचन्द्रन आफ्नो साथी मात्रै रहेको र उनीसँग त्यस्तो विशेष सम्बन्ध केही पनि नरहेको उनले बताएकी थिइन् ।

उनी १६ बर्षकी भएकी बेला एमजी ४२ बर्षका थिए । यस कारण दुइजनाको प्रेम हुने कुरा अफवाह मात्रै भएको उनले बताएकी थिइन् । तत्कालीन समयमा मिडियाले जयललितालाई एमजीको प्रेमिकाको उपमा समेत दिएका थिए ।

एमजीको मृत्यु भएको बेला उनकी पत्नी जानकी रामचन्द्रमले जयललितालाई एमजीको पार्थिव शरीर समेत हेर्न दिएकी थिएनन् । र, जयललिताले एमजीको मृत्यु पश्चात आफूलाई विधवा जस्तै मानेकी थिइन् । यसकारण मानिसले एमजी र जयललिता एकआपसमा प्रेम गर्ने अनुमान गरेका थिए ।

जयललिताको राजनैतिक यात्रा
एमजी रामचन्द्रनले जयललितालाई राजनीतिमा प्रवेश गराएका थिए । । एम करुणानिधिको पार्टी द्रमुकबाट छुटेपछि एमजीले अन्नाद्रमुक नामक नयाँ पार्टी गठन गरेका थिए । सन १९८३ मा एमजीले जयललितालाई उक्त पार्टीको सचिवमा नियुक्त गरेका थिए । र, उनलाई राज्यसभाको लागि मनोनित गरेका थिए ।

उक्त समयमा एमजी र जयललिताको बीचमा निकै मनमुताब भएको खबर बाहिर आएको थियो । सन १९८४ मा पार्टी प्रचारको नेतृत्व जयललिताले नै गरेकी थिइन् । एमजी रामचन्द्रनको मृत्युपछि जयललिता सन १९८७ मा पार्टी नेतृत्वमा देखा परिन् । उनले आफूलाई पार्टी अध्यक्षका रुपमा घोषणा गरिन् ।

सबैभन्दा कम उमेरमा बनिन् मुख्यमन्त्री
जयललिता सबैभन्दा कम उमेरमा सन १९९१ जून महिनाको २४ तारिखमा तमिलनाडुको पहिलोपटक निर्वाचित मुख्यमन्त्री बनेकी थिइन् ।

उनले सन १९९६ मा पार्टी चुनावमा हार ब्यहोरिन् । हारपछि उनको पार्टीका मन्त्रीहरुलाई भष्ट्राचारको आरोप लागे । पहिलोपटक मुख्यमन्त्री भएपछि जयललितामाथि गम्भीर आरोप लागेको थियो ।

भष्ट्राचार गरेको कारण देखाउँदै अदालतको सजाय भोगेपछि पनि उनले आफ्नो पार्टीलाई चुनावमा जिताउन सफल भइन् । र, सन २००१ म उनी फेरि तमिलनाडुको मुख्यमन्त्री बनिन् ।

मद्रास हाइकोर्टबाट राहत मिलेपछि उनी पुन सन २००२ मा मुख्यमन्त्री बनेकी थिइन् । सन २०११ मा ११ दलको गठबन्धनमा १४ विधानसभाको राज्यमा बहुमत हातपारेको समयमा उनी पुनः मुख्यमन्त्री बनिन् । सन २०११ मे महिनाको १६ तारिखमा मुख्यमन्त्रीको सपथ लिएदेखि उनी तमिलनाडुका मुख्यमन्त्री रहँदै आएकी छिन् । एजेन्सी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो