भैरहवामा विशाल प्रदर्शन, एकसातादेखि जारी रुपन्देही बन्द फिर्ता

रुपन्देही २१ मंसिर – पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउनेगरी सरकारले ल्याएको संविधान संशोधन विधेयकको बिरोधमा एकसाता देखि जारी रुपन्देही बन्द मंगलवारदेखि फिर्ता भएको छ ।

butwal
फोटो स्रोतः हिन्दु खवर

रुपन्देहीमा बन्द आह्वान गरेका नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दलले मंगलवार संयुक्त विज्ञप्ती प्रकाशित गरी तत्कालका लागि बन्द फिर्ताको घोषणा गरेका हुन् ।
मंसिर २६ गते सम्मका लागि बन्द र हडतालका कार्यक्रम फिर्ता गरी आन्दोलनको स्वरुप परिवर्तन गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष शिवराम सुवेदीले जानकारी दिए ।

आन्दोलनरत दलहरुले संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक संसदमा टेबल भएमा आन्दोलन फेरि सशक्त बनाउने चेतावनी दिएका छन् । विधेयकको बिरोधमा गएको शुक्रवार रुपन्देहीको बुटवलमा अहिले सम्मकै सशक्त प्रदर्शन भएको थियो ।

संशोधनको बिरोधमा मंगलवारपनि रुपन्देहीको बुटवल, मणिग्राम लगायतका ठाउँमा प्रदर्शन भएका थिए । यसअघि सोमबार पाल्पाको तानसेन, गुल्मीको तम्घास, अर्घाखाचीको सन्धीखर्क लगायतका स्थानमा प्रदर्शन भएका थिए ।

यसैबीच, प्रदेश नम्बर पाँचलाई टुक्र्याउने निर्णयको बिरोधमा रुपन्देहीको भैरहवामा विशाल प्रदर्शन भएको छ । सिंद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भएको प्रदर्शनमा हजारौ सहभागि भएका थिए । प्रदर्शनमा स्थानिय राजनीतिक दलका कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’