पर्वतका सरकारी कार्यालयको सेवा स्मार्ट टिभीमा

digital-nagarik-badapatraपर्वत /तपाई सरकारी कार्यालयमा कामका लागि आउनुभएको छ र नागरिकलाई दिने सेवा तथा सुबिधाका बारेमा जान्न चाहँदा बोर्डमा लेखेको वा पुस्तकमा खोजेर पढ्दै आउनुभएको छ।
अब भने तपाईले कार्यालयको काम, सेवा र दस्तुरका बारेमा जानकारी लिनका लागि बोर्डमा तल देखि माथि सम्म पढेर बस्नुपर्दैन भने पुस्तकका पाना पाना पल्टाउने झण्झट पनि हुने छैन । कार्यालयको गेटमा पुगेपछि स्मार्ट टिभीमा तपाईले लिने सेवा र प्रकृयाका बारेमा डिस्प्ले भएको पाउनुहुनेछ ।
हरेक सेवाग्राहीले कार्यालयबाट दिने सेवा र प्रकृयाका बारेमा बिद्युतीय नागरिक बडापत्रबाट पाउने ब्यबस्था मिलाइएको हो । पर्वत जिल्लाका सरकारी कार्यालयहरुमा बिद्युतीय नागरिक वडापत्रबाट जानकारी दिन शुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति, जिल्ला कृषि बिकास कार्यालय लगायतका कार्यालय बिद्युतीय नागरिक वडापत्र राखेका छन भने अन्य कार्यालयले पनि काम शुरु गर्न थालेका छन । digital-nagarik-badapatra-1
कार्यालयहरुले बोर्डमा लेखेर कार्यालयबाट उपलब्ध हुने सेवा, प्रकृया र दस्तुर उल्लेख गर्दै आएकोमा यसलाई प्रबिधीमैत्री र सेवाग्राहीले छिटो छरितो सेवा पाओस भन्ने उद्देश्य सहित बिद्युतीय माध्यमबाट स्मार्ट टिभीमा जानकारी दिन थालिएको हो । स्र्माट टिभीमा नागरिक बडापत्र हेर्ने सुबिधा हुँदा यसले सेवाग्राहीले बटन थिचेको आधारमा आफुँले लिन चाहेको सेवा र प्रकृयाबारेमा जानकारी पाउन सक्ने ब्यबस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । ‘नागरिकले आफुँले चाहेको सेवा र प्रकृयाका बारेमा बुलेट बुलेटमा हेर्न सक्छन’ उनले भने ‘यसले गर्दा प्रबृधिमैत्री र समयको समेत बचत हुन्छ’ अहिले केही कार्यालयमा शुरु गरिएको सेवालाई सबै कार्यालयमा पु¥याउने तयारी भैरहेको प्रजिअ मरासिनीले बताए ।
पर्वतका सबैजसो कार्यालयमा बिद्युतीय हाजिरी गर्ने ब्यबस्था मिलाईएको छ भने कार्यालय प्रमुखहरुलाई सेवाग्राही प्रति जवाफदेही बनाउन मासिक हाजिरी समेत सार्वजनिक गर्न थालिएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’