कटुवाचौपारीकी पौडेल मृत अवस्थामा फेला परिन
पर्वत /पर्वतको कुस्मा नगरपालिका वडा नं १४ कटुवाचौपारीकी साबित्री पौडेल मृत अवस्थामा फेला परेकी छन ।
बागलुङ जिल्लाको अमलाचौर ९ ज्यामिरेघाट भन्ने स्थानमा ४१ बर्षिया पौडेल मृत अवस्थामा फेला परेको पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ। पौडेलको शब कालीगण्डकी किनारमा सोमबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ।
पौडेल हराएको भन्दै खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन समेत दिएका थिए । उनका कपडाहरु मोदीबेणी आसपासमा भेटिएको जानकारी समेत प्रहरीलाई लाई दिएका थिए । घटनाका बारेमा बिस्तृत बिबरण भने आइसकेको छैन । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।