५ लाख मागेपछि प्रेमिकाको हत्या

murdarकाठमाडौं । रौतहट समनपुर–५ का ३० वर्षीय राजु महमदले आफूभन्दा १० वर्ष जेठी र विवाहित महिलासँग प्रेम सम्बन्ध गाँसे । सप्तरी डाढा–७ की ३० वर्षीया सोभिता खड्का बालकुमारीस्थित हेरिटेज गार्मेन्टमा काम गर्थिन् । राजु पनि त्यहीँ काम गर्थे । शोभिताका पति साउदी अरब गएपछि राजुसँग नजिकिएकी थिइन् ।
राजु शोभिताको कोठामा बारम्बार जाने गरेका कारण गार्मेन्टमा हल्ला भयो । त्यहीबीचमा शोभिताका पति छुट्टीमा आएका बेला राजुलाई श्रीमतीसँग लागेको भन्दै कुटपिट पनि गरेका थिए । तर, उनी विदेश गएपछि शोभिता र राजुको फेरि भेटघाट बाक्लियो ।
११ वर्षे एक छोराकी आमा शोभिता र राजुको सम्बन्ध निकै गाढा हुन पुग्यो । दुई वर्षको बीचमा शोभिताले गर्भसमेत बोकेर औषधि प्रयोग गरी फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी ईश्वर कार्कीका अनुसार शोभिताले राजुसँग ५ लाख रुपैयाँ मागेकी थिइन् । ५ लाख नदिए पतिलाई भनिदिन्छु भन्दै राजुलाई तनाव दिँदै आएकी थिइन् । यसकै कारण राजुले शोभिताको हत्या गरेको प्रहरीको निष्कर्ष छ ।
प्रहरीका अनुसार राजुले गत असोज ५ गते ललितपुरको इमाडोलस्थित गुइया पोखरीमा साँझपख डेटिङ बोलाएर शोभिताको हत्या गरेका हुन् । शोभिताले ‘पैसा दिने भए देऊ, हैन भने मेरो श्रीमान् छुट्टीमा आउँदैछ, भन्दिन्छु’ भन्दै फोन गरेपछि राजुले पैसा लिन भन्दै बोलाएका थिए ।
शोभितालाई गुइया पोखरीमा बोलाएर राजुले कोटेश्वरको फुटफाथ पसलबाट तरकारी काट्ने चक्कु किने अनि पैसाजस्तो देखिने गरी कागजको मुठा पारे । कागजको मुठालाई पैसा ठानेर शोभिता राजुको नजिक गइन् । शोभिताले अंकमाल गरेपछि राजुले गला रेटे र पोखरीमा फालिदिए ।
भोलिपल्ट शोभिताका भाइबहिनीले दिदी हराएको भन्दै प्रहरीमा खबर गरे । दुई महिनासम्म शोभिताको केही पत्ता लागेन । एकदिन इमाडोलस्थित गुइया पोखरी छेउमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीले अनुसन्धान गर्दै जाँदा शव सोभिताको भएको खुल्यो ।
प्रहरीले सोमबार राजुलाई पक्राउ गर्यो । राजुले प्रहरीलाई बयानमा भनेका छन्, “सँगै काम गरिन्थ्यो, लभ पर्यो । बीचमा गर्भ पनि बस्यो । उनले ५ लाख नदिए समाजमा भनिदिने भनिन्, मसँग ५ लाख हुने कुरै भएन । ११ वर्षे छोराकी आमासँग लागेछ भन्लान् भन्ने लाजले हत्या गरेर पोखरीमा फालें ।”

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’