कुस्मामा बिश्वकै अग्लो स्विङ्ग र दोस्रो अग्लो बञ्जीजम्प सञ्चालनको तयारी गरेका राजु कार्कीको आँखामा यस्तो छ पर्वतमा साहसिक पर्यटनको संभावना

1470226_179116345614143_778319253_n
पर्वत/विक्रम् सम्वत् २०४० साल फागुन २७ गते सिन्धुपाल्चोक जिल्लाको पाङ्ग्रेटार गाविस–९मा माता उर्मिला कार्की तथा पिता रामचन्द्र कार्कीको प्रथम सुपुत्रको रुपमा जन्मेका राजु कार्की पर्यटनको क्षेत्रमा परिचित नाम हो ।
विशेषगरेर साहसिक पर्यटन अर्थात् वन्जीजम्पमा आफूलाई छुट्टै र पृथक रुपमा पहिचान गराउन सफल कार्कीलाई यो उचाईसम्म ल्याइपुर्याउन उनकी धर्मपत्नी फ्लोरेन्स कार्कीको पनि उत्तिकै सहयोग रहेको छ । विवाह पछि तीन वर्ष पेरिस रहेका कार्की दम्पत्तिलाई धेरै आर्थिक सम्भावनाहरुले पछ्याइरहेका थिए । तर आफ्नै देशमा लगानी गर्नुपर्छ र मात्र आत्मसन्तुष्टि मिल्छ भन्ने मान्यताका साथ कार्कीको जोडी नेपाल आएर पर्यटनको क्षेत्रमा लगानी गरेको हो । भोटेकोशीमा भन्दा धेरै सम्भावना कालीगण्डकीमा रहेकोले उनी पर्वत आएका हुन् ।
फ्लोरेन्स विवाह पूर्व ५ वर्ष नेपालमै रही आइएजीओमा काम गरेकी फ्रान्सेली नागरिक थिइन् । नेपालको भू–बनोट, हावापानी र नेपालीहरुको संस्कार समेत अत्याधिक मन पराउने उनले साहसिक खेल र पर्यटनको क्षेत्रमा समेत उत्तिकै चासो र रुची राख्दथिन् । जुन समय उनी नेपाल थिइन् त्यो समय राजु कार्की भोटेकोशीमा साहसिक प्रशिक्षकको रुपमा काम गरिरहेका थिए । संस्थागत रुपमा परिचय भएका कार्की र फ्लोरेन्स समयक्रमसँगै एक अर्काबीच नजिक हुन पुगे । सम्बन्ध नजिकिएको २ वर्षमै उनीहरु वैवाहिक जीवनमा बाँधिए ।
राजु कार्कीको नेपालमै केही गर्ने सोचमा पेरिस हुर्केकी फ्लोरेन्सले साथ दिइरहिन् । युवा जनशक्ति विदेश पलायन हुने संस्कारको अन्त गर्दै युवा व्यवसायी कार्कीले आफ्नो पसिनाले देश सिंचित गर्ने अठोट गरे । कार्कीको यो सोंच फ्लोरेन्सको समेत मन्त्र बन्यो । कार्की दम्पत्ति आर्थिक रुपमा सम्पन्न मात्र हुन चाहेन । यहाँको माटोमा आफ्नो सीप र श्रम लगानी गर्ने सोचको साथ अघि बढ्यो । जसका कारण राजुको वन्जी यात्रा अझ बलियो र दरिलो बन्दै गयो । भोटेकोशीमा साहसिक प्रशिक्षकको रुपमा अनुभव बटुलेका कार्कीले थप सीप र शिक्षा हासिल गरी यसलाई परिस्कृत गर्दै कालीगण्डकीसम्म आइपुगेका छन् । 15310688_949992088467358_1857000194_n
पवित्र कालीगण्डकी नदीमाथि कुश्मा–नेपाने जोड्ने साहसिक पुलबाट संसारकै अग्लो स्वीङ (जम्प) र संसारकै दोश्रो अग्लो बन्जी जम्प निर्माण गर्न लागि परेका कार्कीको यो प्रयासले पर्यटनको क्षेत्र नेपालको मात्र नभई विश्वकै ध्यान आकृष्ट गर्ने देखिन्छ । साहसिक पर्यटकलाई नेपाल भित्र्याउन राजु र उनको समूहले गरेको यो प्रयास साँच्चिकै पर्यटन प्रवद्र्धनको क्षेत्रमा सह्रानीय छ ।
मध्यम वर्गीय परिवारमा जन्मेका राजु अरु सामान्य नेपाली भन्दा फरक जीवनशैली विताएका मानिस होइनन् । राजु शुरुका दिनमा आफू कसरी जीवन जिउने र कसरी आर्थिक रुपमा सम्पन्न हुने भन्नेमा तल्लीन भएपनि यो क्षेत्रमा हात हालिसके पछि पर्यटन प्रवद्र्धन र यस क्षेत्रको विकास कसरी गर्ने भन्नेमा जुट्न थालेका छन् । उनलाई आर्थिक रुपमा सम्पन्ता भन्दा पनि नेपालको साहसिक पर्यटनको सम्पन्नताले बढी घच्घच्याउन र पोल्न थालेको छ । उनलाई यतिबेला पैसा कमाउने चटारो होइन यहाँको पर्यटन प्रवद्र्धनमा के कस्ता आयाम थप्न सकिन्छ भन्ने चिन्ताले सताई रहन्छ । दिनरात पर्यटनमा नयाँ–नयाँ आयाम ल्याउन र कसरी बढी भन्दा बढी पर्यटकहरु भित्र्याउन सकिन्छ भन्नेमा उनी थप चिन्तित् छन् । उसो त पर्यटक जति त्रिभियो उनी सम्वद्ध व्यवसाय पनि उतिनै चल्ने र फस्टाउने पनि हो । 15402998_949992071800693_1861943900_n
सिन्धुपाल्चोक आफ्नो घरको नजिक बन्जी जम्प भएको र आफूलाई साहसिक खेलमा औधी रुची रहेकाले त्यसप्रति आकर्षित भएको उनले बताए । १२ वर्ष अघिबाट यस क्षेत्रमा होमिएका उनले हालसम्म ६०० पटक भन्दा बढी बन्जी जम्प गरिसकेका छन् ।
भोटेकोशीको साहसिक पर्यटनबाट अझै माथि उठेर विश्वकै पहिलो अग्लो स्वीङ र दोश्रो अग्लो बञ्जी जम्प कालीगण्डकी नदीमाथि निर्माण गर्ने कार्यमा जुटिरहेका उनको परियोजनामा स्वीङ (पिङ), बन्जी (हाम फाल्ने), हाइकिङ (दिनभरीको घुमाई), हर्ष राइडिङ (घोडचडी), रेष्टुरेन्ट, रिसोर्ट, स्पा (मसाज), सोना वाथ (तातोमा पसिना निकाल्ने), स्वीमिङ पुल, को सुविधा रहने बताए । उनले थपे–‘हामीले शुरुमा १२ करोडको लगानी लाग्ने अनुमान गरेका छौं तर यी सबै खेल र सुविधा उपलब्ध गराउँदा हाम्रो लगानी करीव २० करोड पुग्न जान्छ ।’ उनले बन्जीका लागि साहसिक पुल (स्काईवाक) र रेष्टुरेन्ट समेत अपहारिर्य भएकोले सोको समेत तयारी भइरहेको बताए ।
शुरुमा साहसिक प्रशिक्षकको रुपमा द लास्ट रिसोर्टमा ७ वर्ष कार्य गरेका कार्कीले ३ वर्ष युरोपमा गरेको वन्जी सम्बन्धी थप काम र अध्ययनले उनलाई बन्जीमै जीवन विताउन अभिप्रेरित गर्यो । वन्जीको क्षेत्रमा प्राप्त गरेको विज्ञता र नेपालमा भएको सम्भावना खोजी गर्ने क्रममा कार्कीले कालीगण्डकी नदीमाथि त्यो सम्भावना देखेर यहाँ आएको बताए । ‘सानो, चिटिक्क परेको पर्यटकीय शहर, यहँको भूबनोट, अग्ला र लामा पुल, यान्त्रिक पुल, गुफा, पोखरा नजिकको सम्भावना बोकेको क्षेत्र यी सबै पक्षलाई मध्यनजर गरेर आफू र आफ्नो समूह लगानी गर्न उत्साहित भएको उनले बताए । ‘इन्टु दी वाइल्ड मल्टी प्रपोज प्रा.लि.मार्फत कुश्मामा लगानीको शुरुवात गरेको हुँ ।’ उनले भने–‘यहाँ साहसिक पर्यटनको प्रशस्त सम्भावना छ । बन्जी, स्वीङ, ¥याफ्टीङ, प्याराग्लाइडिङका अलवा हाइकिङ, राइडिङसमेत प्याकेजमा काम गर्ने हो भने पर्यटक बढ्ने सम्भवना छ ।’ kushma-mudikuwa-jholunge-pul-4
पोखरा मुख्य कार्यालय स्थापना गरेर पर्वतका यी सबै पक्षको बारेमा अध्ययन भइरहेको र पर्यटनको क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुसँग मिलेर थप दायरा बढाउन आफू इच्छुक रहेको उनले बताए । उनले भोटेकोशीमा हाइट कम भएको र कालीगण्डकीमा हाइट धेरै भएकोले पर्यटकहरु तुलनात्मक रुपमा कालीगण्डकीमै बढी आउने विश्वास व्यक्त । पर्यटकीय शहर पोखराकोको छोटो दुरीमा पर्यटकीय सम्भावना बोकेको अर्को शहर कुश्मा भएकोले उत्साहित भएर लगानी गरेको उनको कथन थियो । ‘कुश्माको पर्यटन पोखरा र मुस्ताङको पुल बन्न सक्छ ।’ उनले भने –‘पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर तथा लोकमार्गको समेत संगम विन्दु कुश्मा र वन्जी प्रभावित क्षेत्र भएकोले यहाँ आन्तरिक तथा वाह्य पर्यटक भित्रिने अथाह सम्भावना छ ।’
कार्की तीन वर्ष अघि बञ्जीको सम्भाव्यता अध्ययन गर्न भन्दै कुश्मा आएका थिए । कुश्मा–ज्ञादी झोलुंगे पुलमा बञ्जीको सम्भावना टरेपछि कुश्मा–कैया पुलमा बन्जी संचालन गर्ने अनुमति उनले लिए । तर सो पुल समेत सार्वजनिक भएको र ठूलो लगानीको ग्यारेन्टी प्रतिवद्धता केही नपाएकाले उनले नयाँ ठाउँ रोज्नु परेको बाध्यता दोहो¥याए ।
कार्कीले साहसिक पर्यटन प्रर्वद्धनका लागि ठूलो योजना अघि सारेका छन् । उनको आँखामा पर्वतको पर्यटन मजबुद देखिन्छ । उनका अनुसार पर्वतमा पर्यटकका लागि ५ दिनको बसाई गराउन सकिन्छ । यसका लागि आवश्यक पुर्वाधारनिर्माणमा विशेष ध्यान दिनुपर्छ ।
उनी थप्छन् ‘अग्ला पुल पर्वतको ब्राण्ड हुन् । पोखराका बासिन्दाहरुलाई पनि एक रात कुश्मामा बास बसाल्ने गरी ल्याउन सकिन्छ त्यसका लागि हामीले पूर्वाधार निर्माणमा विशेष ध्यान नदिई सुखै छैन ।’
त्यसैगरी सडकको स्तारेन्नति, वर्षभरी चलाउने प्रभावकारी पर्यटन प्याकेज र सोसल मिडियाको सकारात्मक प्रयोग र मिडिया तथा मिडियाकर्मीसँगको सहकार्य आवश्यक रहेको उनले दोहो¥याए । पर्वत जिल्लाभित्र विकासको सवालमा सबैले साथ र सहयोग दिइरहने भएकाले पनि आफू काम गर्न थप हौसिएको उनले बताए ।
काकीले भने–‘सात वर्षसम्म आफूले बन्जीजम्पको क्षेत्रमा लिएको अनुभव बटुल्दै भोटेकोशी भन्दा धेरै सेवा, सुविधा र दायरा फराकिलो गराउने सोचका साथ कालीगण्डकीमा बन्जीको पूर्वाधार निर्माणमा जुटेका हुँ ।’ कुश्माबजारको व्यापार व्यवसाय खच्कँदै गइरहेका बेला युवा उद्यमी कार्कीले श्रीमती फ्लोरेन्स कार्की, स्थानीय युवा व्यवसायी युवराज जोशी र नेत्र पराजुली लगायतलाई लिएर पर्यटनको क्षेत्रमा ठूलो लगानी कुश्मामा भित्र्याएका हुन् ।rafting-kaligandaki-1
पछिल्ला दिनमा ३ वटा अग्ला पुल, यान्त्रिकपुल, गुफा, अलपेश्वर गुफा,सहस्रधारा लगायतका पर्यटकीय गन्तव्यहरुमा आन्तरिक तथा वाह्य पर्यटकहरुको चाप बढ्दै गइरहेको छ । पर्वत जिल्लामा फस्टाउँदै गएको पर्यटन व्यवसायलाई राजु कार्की र उनको समूहले बन्जीजम्प निर्माणमा गरेको लगानी थप उर्जाको श्रोत बन्नेछ ।
पर्यटकहरुलाई लक्षित गरी सुविधा सम्पन्न होटलहरु निर्माण भइरहेको पर्वतमा पछिल्ला दिनमा ¥याप्mिटङमा समेत पर्यटकहरु दोब्बर वृद्धि भइरहेका छन् भने प्याराग्लाइडिङ, अल्ट्रालाइट संचालनका विषयमा समेत पहलहरु भइरहेका छन् ।
.प्रस्तुती राजु पौडेल , कुशुमपुर टुडे साप्ताहिक

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा