लोकसेवामा पुरुषभन्दा महिलाको आवेदन बढी,कहाँबाट कति ?

loksewa-aayog-pscकाठमाडौँ, २१ मङ्सिर – लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ ।

आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी दिइन् ।

गत आव २०७२÷०७३ मा कुल १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ उम्मेदवारमध्ये ५३.५ प्रतिशत महिलाको आवेदन पर्ने गरेको उनले जानकारी दिइन् ।

कुल आवेदनमध्ये तीनलाख १८ हजार ५०३ महिला र दुई लाख ७५ हजार ८७७ पुरुषको पर्ने गरेको छ । पुरुषको भने ४६.५ प्रतिशतले आवेदन दिने गरेका छन् ।

महिलाको पद बढी खुल्ने र खुला तथा आरक्षण दुवैमा दिन पाउने भएकाले सङ्ख्या पुरुषको भन्दा बढी भएको सूचना अधिकारी समेत रहेकी हुमागाईंले जानकारी दिइन् ।

“महिला जुनसुकै पदमा पनि आवेदन दिन पाउँछन्” उनले भनिन् – “स्टार्फ नर्स, अनमी र सहायक महिला विकास निरीक्षक जस्ता पद महिलाका लागि मात्र छन् ।”

उनका अनुसार आयोगमा आव २०७१÷०७२ देखि महिलाको पुरुषकोभन्दा बढी आवेदन पर्ने गरेको छ । महिलापछि अहिले आयोगमा मधेसी र पिछडिएका क्षेत्रको सहभागिता पनि बर्सेनि वृद्धि हुने गरेको उहाँले जानकारी गराउनुभयो । तर उम्मेदवार छनोटमा भने पुरुषको बढी रहेको छ ।

आवेदन दिएकामध्ये ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला उम्मेदवार नियुुक्तिका लागि छनोटमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोगमा आवेदन सबभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रबाट २८.८ प्रतिशत र कम सुदूरपश्चिमबाट ९.६ प्रतिशत पर्ने गरेको छ । पूर्वाञ्चलबाट २४ प्रतिशत, पश्चिमाञ्चलबाट २० प्रतिशत र मध्यपश्चिमाञ्चलबाट १६.९ प्रतिशत आवेदन पर्ने गरेको छ ।

यसैगरी, आयोगमा १० जातिकाले बढी आवेदन दिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तीनमा ब्राह्मण, क्षेत्री, मगर, थारु, यादव, नेवार, राई, तामाङ, तेली र दलित जाति रहेका छन् भने नेपाली, मैथिली, थारु, भोजपुरी र नेवारी मातृभाषा बोल्ने बढीले आवेदन दिने गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज