मेलम्चीमा भेटिएको पहेंलो पदार्थ सुन नभएको पुष्टि

sunमेलम्ची खानेपानी आयोजनाको सुरूङ खन्ने क्रममा भेटिएको पहेलो पदार्थ कुनै बहुमूल्य धातु नभएको प्रारम्भिक अध्ययनले देखाएको छ। गत बिहीबार मेलम्चीको सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको कणमा पहेंलो टल्कने पदार्थ फेला परेपछि सो पदार्थ सुन हुनसक्ने आशंकामा खानी तथा भूगर्भ विभागमा अन्वेषणका लागि पठाइएको थियो।

विभागले गरेको प्रारम्भिक अध्ययनले सो पदार्थ सुन नभएको देखाएको छ। विभाग स्रोतका अनुसार प्रारम्भिक अध्ययन तथा अन्नेषणले सो वस्तु सुन नभएको प्रमाणित गरेको हो । स्रोतका अनुसार त्यहाँको भौगोलिक अवस्थाअनुसार सुन हुनसक्ने सम्भावना अत्यतै कम छ । उक्त वस्तु के हो भन्ने विषमा भने मंगलबार औपचारिक रुपमा जानकारी दिइने विभागले जनाएको छ ।

कारोबार दैनिकबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो