पर्वतमा दुई राप्रपा एक भए , अध्यक्षमा भुसाल

15354078_949555881844312_929748723_o
पर्वत/राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई घटकका बिच पर्वतमा एकता सम्पन्न भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बिच आइतबार पार्टी एकता भएको हो । एकिकृत राप्रपाको अध्यक्षमा ठाकुर भुसाल सर्बसम्मत रुपमा चयन भएका छन ।
दुई पार्टी बिच एकता हुने क्रममा पुरानो राप्रपाका अध्यक्ष रणबहादुर क्षेत्री पार्टी नेता तथा जिल्ला संयोजक तथा पुरानो राप्रपा नेपालका अध्यक्ष ठाकुरप्रसाद भुसाल पार्टी अध्यक्ष भएका हुन । 15368876_949555805177653_1232962005_o
यसैगरी एकिकृत पार्टीको सहअध्यक्षमा इश्वर गिरी, उपाध्यक्षम प्रकाश पौडेल, सचिबमा दुर्गाप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा अशोक गुरुङ्ग चयन भएका छन । यस्तै प्रबक्तामा ठाकुरबम मल्ल चयन भएका छन । 15387429_949555845177649_1698730458_o
यसअघि भएको एकता भेलामा राप्रपाका केन्द्रिय सदस्य तथा पुर्ब राज्यमन्त्री भिमप्रसाद गौचन, केन्द्रिय सदस्यहरु कुलबहादुर गुरुङ्ग, दिलप्रकास कंडेल, इच्छाबहादुर गुरुङ्ग, दिपक कुवँर, तिलक रिजाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । मन्तब्यका क्रममा नेताहरुले राप्रपालाई मुलुकको तेस्रो शक्तिको रुपमा स्थापित गर्ने उद्घोष गरे । उनीहरुले अब हिन्दु राष्ट्र र सम्बैधानिक राजतन्त्रको मुद्दा चर्को रुपमा उठ्ने दाबी गरे ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’