एमाले स्थायी समितिको बैठक बस्दै
काठमाडौं, २० मंसिर –पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमको समिक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी समितिको बैठक सोमवार बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै आफ्नै निवास बालकोटमा बैठक बस्ने जानकारी गराएका छन् ।
बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछिको परिस्थिती, पार्टीले लिएको अडान र भावी रणनीतिवारे हुने एक नेताले जानकारी दिए । सहमतिका लागि राष्ट्रपति विद्या भण्डारीले आयोजना गरेको सर्बदलीय बैठकको भोलिपल्ट एमालेले आन्तरिक छलफल गर्न लागेको हो । आइतवार साँझ पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टीको अडानमा कायम रहने बताएका थिए ।