निकासका लागि रवीन्द्र अधिकारीको सूत्र, वैशाखमा संसदको चुनाव

rabindra-adhikariकाठमाडौं, २० मंसिर — नेकपा एमालेका प्रभावशाली युवा नेता रवीन्द्र अधिकारीले दलहरूबीच देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि संघीय संसदको चुनावमा जान सकिने प्रस्ताव राखेका छन् । त्यसका लागि संविधान संशोधन प्रस्ताव फिर्ता, सहमति जुट्ने विषयमा संशोधन र संसदको चुनाव निकासको विकल्प हुने अधिकारीले बताए । लोकान्तरसँगको कुराकानीमा एमाले केन्द्रीय सदस्य अधिकारीले तीनबुँदेको व्याख्या यसरी गरे :

संविधान संशोधन विधेयक फिर्ता : राजनीतिक सहमतिका लागि सरकारले संसदमा दर्ता गरेको संशोधन विधेयक फिर्ता गर्नु पहिलो शर्त हो । संसदमा सामान्य बहुमत पु—याउन त कति कठिन हुन्छ भने दुईतिहाई पु—याउने कुरा सजिलो थिएन । सरकारले भाँडभैलो मच्चाउनका लागि सो प्रस्ताव ल्याएको थियो, त्यो फिर्ता गर्नुपर्छ । संविधान त्यति सजिलै बनेको थिएन, सात प्रदेश बनाउन दलहरूबीच कति लामो गृहकार्य भएको थियो । अहिले प्रमुख प्रतिपक्षी दललाई बाइपास गरेर संविधान संशोधन प्रस्ताव ल्याउनु गल्ती थियो भन्ने कुरा सत्तारूढ दलले महसूस गरे निकास निस्कन्छ ।

सहमति जुट्ने विषयमा संशोधन : नेकपा एमालेले संविधान संशोधन हुँदैन भनेर कहिल्यै भनेको छैन । तर संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्छ । जनभावना विपरीत ल्याइएको अहिलेको प्रस्ताव एमालेलाई कदापि स्वीकार्य छैन । दलहरूबीच संवाद गरेर सहमति भएका विषयमा संविधान संशोधन गर्न सकिन्छ । सरकारले संविधान संशोधन विधेयक दर्ता भएलगत्तै चुनावको कुरा गरेको छ, त्यो अरूलाई अल्मल्याउने रणनीति मात्र हो । चुनावमा जाने कुरामा कुनै पनि दलमा विवाद छैन, निर्वाचनमा जाने प्रयोजनका लागि आवश्यक परेमा संविधान र नियम कानून संशोधन गर्न सकिन्छ । निर्वाचन कानूनहरू संशोधनमा एमालेको सहयोग रहन्छ ।

वैशाख–जेठमा संसदको निर्वाचन : दलहरूबीच संविधान संशोधनमा सहमति भएन भने निकासका लागि आउँदो वैशाख जेठमा संघीय संसदको चुनाव गरौं । केन्द्रीय संसदमा पाएको सिटको अनुपातमा राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने गरी संविधान संशोधन गरेर निकास खोज्न सकिन्छ । प्रदेशको चुनाव गरेर केन्द्रीय संसदको चुनाव गर्न समय अभाव हुनसक्छ । जुन सभाले संविधान बनायो त्यसैले संशोधन गर्नुभन्दा नयाँ जनादेशसहित आउने संसदले संविधान संशोधन गर्छ । संसदमा बहुमत ल्याएर संविधान संशोधन गर्नु नै उचित विकल्प हुनसक्छ ।

सरकारले निर्वाचनका नाममा स्थानीय तहको होइन, पुरानै स्थानीय निकायको कुरा गरिरहेको छ, त्यो सम्भव छैन । चैत्र वैशाखमा सरकारको नेतृत्व फेरबदलको उधारो सम्झौता छ, त्यसमा एमालेको रुचि छैन । जसको नेतृत्व भएपनि फरक पर्दैन, चुनावमा जाआंै ।लोकान्तरबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ