गुडिरहेको माइक्रोका चालक एक्कासी बेहोस भएर ढलेपछि…

15267757_706407739524637_4421240748750371270_nकाठमाडौ । काठमाण्डौको लागि बेनीबाट गएको एसी माईक्रोका चालक एक्कासी बेहोस भएपछि माइक्रोका मालिकले कुशलतापर्वक यात्रुलाई बचाएका छन् ।

आइतबार विहान बेनीबाट काठमाण्डौलाई छुटेको ५५८१ नम्बरको एसी माईक्रोका चालक एक्कासी ढलेपछि मालिक विशाल पौडेलले माइक्रोको गतीलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

‘चालक ढलेको हामीले देख्यौ, मालिकले गतीलाई नियन्त्रणमा नलिएको भए मानवीय क्षती निश्चित थियो’ म्याग्दी दरबाङका सुमन गौतमले भने ।

उनले चालक ढलेपछि यात्रुहरु चिच्चाउन थालेका थिए । काठमाण्डौको थानकोट नजिक चालक बेहोस भएपछि मालिकलले काठमाण्डौसम्म पु¥याएर नयाँ जिवन दिएको यात्रुको भनाई छ । छारे रोग रहेको चालक परिवर्तन गर्न समेत यात्रुले अनुरोध गरेका थिए ।

कमजोर दिल भएका ब्यक्तिलाई छारे रोगको सम्भावना हुने तथा मदिरा सेवन लगाएतका कारणले समेत समस्या देखिने भएकाले पनि समुहको नेतृत्वमा वा साधनहरुका चालकका रुपमा काम गर्नेहरुलाई छारे रोग भएमा त्यसले दुर्घटना निम्त्याउने चिकित्सकको भनाई छ ।

माइक्रोमा १८ जना यात्रु सवार थिए । यात्रुले सवारीमालिकलाई विषेश धन्यवाद समेत दिएका थिए । यता मालिक विशाल पौडेलले छारे रोग भएको आफुँलाई जानकारी नभएपनि उनको अवस्थालाई मध्यनजर गरेर बेनीदेखी नै निगरानी गरिरहेको जनाएका छन् । यात्रुको सहयोग प्रति समेत आभार प्रकट गरेका छन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो