पर्वतको त्रिबेणीमा एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव शुरु,पहिलो दिनमै ४० लाख उठ्यो

15232210_1727360274249917_882204833362938647_n
माधब पराजुली, त्रिबेणी, पर्वत/ पर्वतको त्रिबेणीमा एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञसुरु भएको छ । पैञ्यू बहुमुखी क्याम्पसमा स्नातकोत्तरतह र प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले आईतबार बाट महोत्सव तथा महायज्ञ सुरु भएको हो । उक्त महायज्ञको उद्धघाटन पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले गर्नुभएको हो । उद्धघाटन गर्दै लम्सालले समग्र देशको विकासका लागि प्राबिधिक शिक्षाको आवश्यकता रहेको औल्याउनुभयो । उहाँले उक्त महायज्ञले गाउँकै क्याम्पसमा मा स्नातकोत्तरतहको पठनपाठन सञ्चालन भएर अध्ययनका लागि लाखौ खर्चेर जिल्लाबाहीर जानुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । विद्यालयको शैक्षिक अवस्था सुधारका लागि आफूले २० लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । उहाँले जिल्लाको दक्षीणी भेगको शैक्षिक धरोहरको रुपमा रहेको क्षेत्रमा स्नातकोत्तर तह र प्राबिधिक विषयको पठनपाठन आवश्यक रहेकाले त्यसलाई मुर्तरुप दिनको लागी महायज्ञमा सबैलाई सहयोग गर्न आव्हान गर्नुभयो । शिक्षा बिना मानिस कुहिरोमा रुमलिएको काग जस्तै हुने हुदाँ बिधार्थीहरु लाई उच्च शिक्षा प्रदान गर्न जोकोही पनी चुक्न नहुने बताउनुभयो ।15349826_1727360074249937_1443554048219628375_n
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनी,माओवादी केन्द्रका केन्द्रीय सदस्य जय नारायण तिवारी,नेपाली काङग्रेस जिल्ला कमिटि सभापती खिम प्रसाद भुषाल,नेकपा एमाले जिल्ला कमिटि सचिब पदम पाणी शर्मा,नेपाली काङग्रेसका यूवा नेता राजेन्द्र तिवारी लगाएतले बोल्नुभएको थीयो ।
महायज्ञबाट संकलन भएको रकम क्याम्पसमा स्नातकोत्तर तह र प्राबिधिक विषयको पठनपाठन सञ्चालन सगैँ विद्यालयको भौतिक, शैक्षिक सुधार मा खर्च गरिने महायज्ञका सल्लाहकार खगेन्द्र प्रसाद तिवारीले बताउनुभयो । उहाँले अभिभावकले सहयोग गरेको बिधालय बाट बिधार्थी उच्च शिक्षा हासील गर्ने हुदाँ खुलेर दान गर्नुपर्नेमा जोड दिनुभयो ।
महायज्ञ शुरु हुनुअघि कलशयात्रा गरिएको थियो । सात दिनसम्म संचालन हुने महायज्ञमा पण्डीत इश्वर कृष्ण महाराजले कथावाचन गरिरहनुभएको छ । महायज्ञ बाट करिब ७ करोड भन्दा बढी रकम संकलन गर्ने लक्ष्य लिएको छ । पहिलो दिन ४० लाख ५ हजार रुपैयाँ नगद संकलन भएको जनाईएको छ ।

15253481_1727359987583279_1415791855967192592_n1

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई