संविधान संशोधन विरोधमा भारतमा प्रदर्शन
सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोधमा नेपालमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै भारतको नयाँ दिल्लीस्थित जन्तरमन्तरमा प्रवासी नेपालीका चार संगठनले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।
भारतको दबाबमा तराई र पहाड विभाजन गर्ने गरी संशोधन प्रस्ताव गरेको भन्दै राष्ट्रिय जनमोर्चा, एमाले, मालेलगायतले गरेको विरोधलाई समर्थस्वरुप संघर्षरत नेपाली जनताको समर्थनमा ऐकबद्धता जनाएको बताएका छन् ।यो खबर आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ
विभिन्न राजनीतिक दलका भारमा रहेका भातृसंगठनले भारतीय हस्तक्षेपको दबाबमा सरकारले संशोधन प्रस्ताव दर्ता गराएको आरोप लगाए । भारतको जन्तरमन्तरमा भेला भएका एक हजार बढी नेपालीले जुलुस निकालेका थिए ।