ब्वाइफ्रेण्डले धोखा दिएपछि कुकुरसँग विवाह
काठमाडौं, १९ मंसिर– आफूसँग बिहे गर्ने भनेका ब्वाईफ्रेण्डले धोखा दिएपछि अजेन्टिनाकी रोमानिया पिटन नामकी एक महिलाले कुकुरसँग विवाह गरेर सबैलाई आश्चर्यमा पारेकी छिन् ।
ब्वाइफ्रेण्डले धोखा दिएपछि ती महिलाले कुकुरसँग जीवन बिताउनमै खुशी हुने भन्दै कुकुरसँग विवाह गरेकी हुन् ।

शुरुमा त केटा विवाहको लागि तयार थिए । दुबैजना लामोसमयदेखि भेटघाट गर्दै आएका थिए । जब विवाहको लागि सम्पूर्ण तयारी पूरा भएको थियो त्यतिबेला ब्वाइफ्रेण्डले धोखा दिएपछि रोमानिया निकै निराश भइन् । ती महिलाले आफ्नो विवाह हुने तय भएको दिनमै आफ्नो विवाह गर्ने घोषणा गरेकी थिइन् ।

उनले आफ्नै घरमा पालिराखेका कुकुरसँग विवाह गरेकी हुन् । उनका साथी र परिवारले ती महिलालाई निकै सम्झाएका थिए । तर उनले कसैको कुरा सुनेनन् । र, कुकुरसँगै विवाह गरिन् ।
परिवार पनि उनको यो कुरा मान्न बाध्य भए । सबैले मिलेर विवाहको लागि घर सजाएका थिए । परिवार र आफन्त पनि उनको विवाहमा सहभागी भएका थिए । विवाहपछि ती महिलाले विवाहको फोटो सामाजिक सञ्जालमा राखेपछि उक्त फोटो भाइरल भएको थियो ।
त्यसपछि ती महिलाले आफ्नो विवाहको सम्पूर्ण तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । उनको ब्वाइफ्रेण्डले उनको विवाहको तस्वीर हेरोस् भन्ने उदेश्यले पनि ती महिलाले फेसबुकमा सेयर गरेकी थिइन् । mirror.co