कुस्मा नगरपालिकाको कार्यकारी अधिकृतमा गुरुङ्ग , भवन निर्माण र ल्याण्डफिल्ड साईड प्राथमिकतामा

15232155_602075166662778_6725440143627787332_n
कुस्मा नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा कुमानसिंह गुरुङ्गले पद वहाली गरेका छन ।
नयाँ कार्यकारी अधिकृत गुरुङ्गले आईतबार देखि पदबहाली गरेका हुन ।
गुरुङ्ग संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयबाट कुस्माको कार्यकारी अधिकृतमा सरुवा भएका हुन ।
कुनपाका कार्यकारी अधिकृत चण्डिका पौडेलको भने मन्त्रालयमा सरुवा भएको छ । उनी झण्डै दुई बर्ष कुस्माको कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
नयाँ कार्यकारी प्रमुख गुरुङ्गले यस अघि बन्दीपुर नगरपालिकामा कार्यकारी प्रमुखको रुपमा समेत काम गरिसकेका छन । कुस्माबजारमा लामो समय शिक्षण पेशामा बिताएका गुरुङ्ग कुस्माका युवाहरु तथा शैक्षिक क्षेत्रमा परिचित नाम हो ।
राजनैतिक तथा अन्य कारणले कुस्मा नगरपालिकाका कार्यकारी प्रमुख बिबादमा तानिएको अवस्थामा गुरुङ्गले भने सबै राजनैतिक दल संगको समन्वयमा मात्रै काम गर्ने बताए । ‘मैले सबै राजनैतिक दल संगको समन्वयमा सम्बृद्ध कुस्मा बनाउने कुरालाई कार्यान्वयनमा लैजानेछु’ उनले भने–‘निष्पक्ष रुपमा कार्यसम्पादन गरि सहकार्यमा काम गर्ने अभ्यास संस्कृति बसाल्ने योजना बनाएको छु’
उनले आफ्नो कार्यकालमा कुस्मा नगरपालिकाको आफ्नै भवन बनाउने तथा कुस्माको फोहोर ब्यबस्थापन पहिलो प्राथमिकता भएको बताएका छन ।15338896_602077343329227_1088771886655206015_n कुस्मा नगरपालिकाको आफ्नै भवन छैन भने यस अघि भवन निर्माणका लागि आएको बजेट समेत फ्रिज भएको थियो । यस आर्थिक बर्षमा भवन निर्माणका लागि बजेट बिनियोजन भएको छैन तर कार्यान्वयन गरेमा मन्त्रालयले बजेट दिने आश्वासन दिएको बुझिएको छ। अहिले पनि कुस्मा नगरपालिकाको फोहोर एउटा गैह्र सरकारी संस्थाले संकलन र ब्यबस्थापन गर्दै आएको छ । ल्याण्डफिल्ड साईडको अभाबमा सडक किनार र नदी किनारमा फोहोर फालिदै आएको छ।
यसैबिच कुस्मा नगरापलिकाले नयाँ कार्यकारी प्रमुख गुरुङ्ग र पुराना कार्यकारी प्रमुख पौडेलको स्वागत र बिदाईको कार्यक्रम आइतबार सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुखहरु समेत सहभागी थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना