सर्जक रमेश बिजीको अध्यक्षतामा स्याङ्जाली स्रष्टा सदन” गठन

 

hqdefaultकेपी कुमार जलन/बागलुङ्

स्याङ्गजा जिल्लामा जन्मिएर कलाकारीषता क्षेत्रमा आवद्ध भई विभिन्न ठाउँमा बस्दै आउनु भएका स्याङ्गजाली कलाकारहरुको आम भेलाले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष सर्जक रमेश बिजीको अध्यक्षतामा स्याङ्जाली स्रष्टा सदन” गठन गरेको छ।कलाकारिता क्षेत्रमा आबद्द भएका स्याङ्गजाली कलाकारहरु सबैलाई एउटै छातामुनि राख्ने उद्देश्यले स्याङ्गजाली कलाकारहरुको बृहत भेलाले सो समिति गठन गरेको हो। हामी नजुटे को जुट्ने, अहिले नजुटे कहिले जुट्ने’ नाराका साथ शनिबार भएको भेलाले रमेश बिजीको अध्यक्षतामा सम्पन्न भेलाले समितिको प्रथम उपाध्यक्षमा रामजी खाँड, द्वितीय उपाध्यक्षमा पशुपति शर्मा, महासचिवमा शिव हमाल, सचिवमा घनश्याम रिजाल, कोषाध्यक्षमा शंकर विरही गुरुङ, सह–कोषाध्यक्षमा भीमु गुरुङ चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा कृष्ण आँसु, गोपाल जिटी, सुजन लम्साल, राममाया गुरुङ, प्रसाद लामिछाने, विमल अधिकारी, निर आले, उमादेवि खनाल, ओम गुरुङ र सुनिता नेपाली चयन भएका छन् आफ्नो जन्मथलो स्याङ्जाको कला संस्कृतिको जगेर्नाका साथै विकास निर्माणमा समेत साझेदारी गर्ने अपेक्षा गरेको छ।भेलामा १५० भन्दा बढी स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सहभागिता रहेको कोषाध्यक्ष शंकर विरही गुरुङले जानाकारी दिनु भयो।
 

 

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ