एमबीबीएसको प्रवेश परीक्षा छानविनमा

mbbs_study_bangladeshस्वास्थ्य मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनमा एमबीबीएसको प्रवेश परीक्षाको नतिजामा त्रुटि भएको भन्दै विवाद भएपछि छानबिन समिति गठन गरेको छ ।

प्रतिष्ठानले मंसिर १५ मा शैक्षिक सत्र २०७३/७४ को एमबीबीएस प्रवेश परीक्षाको प्रकाशित गरेको नतिजामा त्रुटि भएर विवाद सिर्जना भएपछि स्वास्थ्य मन्त्री गगन थापाले छानबिन समिति गठन गर्न लगाएका हुन् ।

मन्त्रालयअन्तर्गतको चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा शुक्रबार तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई पाँच दिनभित्र छानबिन गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना