अतिथिको आँखा दृष्टिबिहीनले बाँधेपछि……

dsc05203
पर्वत /आज २५ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस । पर्वतमा पनि विविध कार्यक्रम गरी मनाइयो । अपाङ्गता दिवस मनाउने क्रममा शनिबार मुल आयोजकले प्रमुख अतिथि देखि अतिथि सम्मका व्यक्तिलाई आँखामा पट्टिबाँधेर दृष्टिविहिन महसुशिकरण गराएको छ ।
कार्यक्रमको आयोजक नेपाल अपाङ्ग उत्थान समाज पर्वतले कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा तथा अन्य अतिथि महिला तथा बालबालिका कार्यालयका महिला तथा बालबालिका अधिकृत तारादेवी सुनुवार, गैर सरकारी संस्था महासंघका पश्चिमाञ्चल इञ्चार्ज देवीप्रसाद तिमिल्सिना र नेकपा एमाले पर्वतका सचिवालय सदस्य खुमप्रसाद सुवेदी लगायतलाई आँखामा पट्टि बाँधेर दृष्टिविहिन महसुशिकरण गराएका थिए ।
कार्यक्रममा दृष्टिविहिन व्यक्तिहरुले भोग्नुपर्ने समस्याका बारेमा सरोकार वाला निकायका व्यक्तिहरुले महसुस गरुन् भन्ने उद्देश्यले अतिथिहरुलाई सेतो छडी सहित आँखामा पट्टि बाँधेर महसुशिकरण गराइएको आयोजक संस्थाका अध्यक्ष गणेश सुवेदीले जानकारी दिनुभयो ।
प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी डिल्लिराम शर्माले अपाङ्गता हुनु कुनै पुर्व जन्मको फल नभई जो जस्तो सकुै अवस्थामा पनि भोग्नुपर्ने अवस्था आउन सक्ने बताउँदै अपाङ्गता भएका व्यक्तिलाई माया ममता सहित समान व्यवहार गर्न आग्रह गर्नुभएको थियो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई हौसला प्रदान गर्दै अभिभावक र सरोकारवाला निकायका व्यक्तिहरुलाई अधिकार सुनिश्चितता जोड दिनुभएको थियो ।dsc05201
कार्यक्रममा महिला तथा बालबालिका अधिकृत तारादेवी सुनुवार नेपाली कांग्रेसका प्रतिनिधि शेरबहादुर आचार्य, नेकपा एमाले पर्वतका सचिवालय सदस्य खुमनाथ सुवेदी, नयाँ शक्तिका मिनराज केसी, गैर सरकारी संस्था महासंघका पश्चिमाञ्चल इञ्चार्ज देवीप्रसाद तिमिल्सिना, गैसस महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेशबहादुर खत्री, नेपाल पत्रकार महासंघ पर्वतका निवर्तमान सचिव सन्तोष थापा, नागरिक सञ्जाल पर्वतका अध्यक्ष राजेन्द्र पहाडी, समाजसेवी मानकुमारी गिरी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्ला अपाङ्ग सञ्जालका अध्यक्ष यज्ञ पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अध्यक्ष गणेश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव किशोर लामिछानेले गर्नुभएको थियो ।
दिवसका अवसरमा मुल समारोह अघि सञ्चालन भएको विभिन्न मेच घुमाई, तातो आलु, छेला फाल्ने, घैटो फुटाउने लगायतका खेलका विजेता प्रतियोगिहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा