कालीगण्डकी प्रसारण लाईनको बिरोधमा उत्रिए धाइरिङ्गबासी

dhairing-karidor-birod-3

पर्वत /निर्माधिन अवस्थामा रहेको कालीगण्डकी करिडोर दुइसय २० केभी क्षमताको प्रशारण लाइनको पर्वत धाइरिङका स्थानीयवासीहरुले विरोध गरेका छन् ।
आयोजनाको धाइरिङ खण्ड अन्तर्गत पर्ने सल्यानको फाँटबाट प्रसारण लाइन विस्तार गर्न नहुँने भन्दै प्रभावित वासिन्दाहरु विरोधमा उत्रिएका हुन ।
आयोजना प्रभावित क्षेत्र अन्तर्गत पर्ने धाइरिङको वाड नं २,३ र ४ का स्थानीयवासीहरुले बस्ति नजिकको खेतियोग्य जमिनबाट लाइन विस्तार गर्न नहुँने भन्दै विरोध गरेका छन् । आयोजनाले सल्यानको ठूलो भिरबाट गरेको सर्वेलाई परिवर्तन गरि फाँटबाट लैजान खोज्दा स्थानीयवासीहरु यतिखेर चर्को विरोध उत्रिएका हुन ।
फाँटबाट प्रसारण लाइन विस्तार गर्दाे खतियोग्य जमिनमा असर पु¥याउने भएकाले यसको विकल्प खोज्न प्रभावित स्थानीयवासीहरुले आयोजना समक्ष माग गरेका छन् । शनिबार सल्यानको फाँटमा भएको स्थानीयवासीहरुको भेलाले खेतियोग्य जमिनलाई कुनै पनि हालतमा प्रयोग गर्न नदिने निणय भएको संघर्ष समितिका संयोजक टुङगनाथ आचार्यले बताउनुभयो । तरकारीको पकेट क्षेत्र भएको फाँटबाट प्रशारण लाइन विस्तार गर्दा दिर्धकालिन रुपमा ठूलो असर पु¥याउने भएकाले आफूहरु विरोधमा उत्रिन बाध्य भएको उहाँले बताउनुभयो ।
आयोजनाले सल्यानको फाँटमा ३ वटा एंगल टावर बनाउन लागेको हो । टावर सँगै लाइन विस्तार गर्दा लाइनको २५ मिटर वरपरको जमिनमा समेत असर पु¥याउने र बैंक धितोमा उक्त जग्गा राख्न र खरिद विक्रि गर्न रोक्का हुने भएकाले आफूहरुले विरोध गर्नुपरेको स्थानीयवासी हरिप्रसाद आचार्यले बताउनुभयो । dhairing-kridoor-bird
यसै गरि शनिबार आयोजनाका कर्मचारीहरु र स्थानीयवासीहरुको छलफलबाट गाविस सचिव मोहदत्त पौडेलको संयोजकत्वमा ११ सदस्यीय समस्या समाधान कार्यदल गठन गरिएको कार्यदलका सदस्य शेरवहादुर केसीले बताउनुभयो ।
आयोजना प्रमुख चन्दनकुमार घोषले स्थानीयवासीहरुको मागलाई आयोजनाले गम्भिर रुपमा लिएको बताउनुभएको छ । उहाँले प्रशारण लाइनबाट प्रभावित स्थानीयवासीहरुलाई नियमनुसार मुआब्जा दिने बताउनुभयो । उहाँले राष्ट्रिय गौरबको आयोजना भएकाले समस्याको समाधान छिटो निकाल्नुपर्ने बताउनुभयो ।
आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दाना खण्ड ४० किमि लामो हुनेछ । विद्युत् प्रसारण लाइनका साथै सबस्टेसन निर्माणका लागि २ अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख घोषले जानकारी दिनुभयो । एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी प्रसारण करिडोर आयोजनाको निर्माण हुन लागेको हो ।
आयोजनाको खुर्कोट–दाना प्रसारण लाइन तथा खुर्कोट र दाना सबस्टेसनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ ।dhairing-karidor-birod-31
वि.सं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । खुर्कोटदेखि दानासम्म ५३ वटा एगंल टावर रहने छन् । मुस्ताङमा निर्माणाधीन अवस्थामा रहेको १० मेगावाट क्षमताको थापाखोला, ५ मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेघावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् । कालीगण्डकी प्रसारण करिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास