पर्वत जेसिजको २० औ अधिबेशन , अध्यक्षमा तीन प्रतिष्पर्धी
पर्वत /पर्वत जेसिजको २० औ अधिबेशन तथा २१ औ साधारणसभा शनिबार कुस्मामा शुरु भएको छ । अधिबेशन तथा साधारणसभाको पर्वत जेसिजका संस्थापक महासचिब एबम पुर्ब राष्ट्रिय उपाध्यक्ष बसन्तकुमार कर्माचार्यले उद्घाटन गरे ।
अधिबेशनको उद्घाटन गर्दै कर्माचार्यले जेसिजले बिधीको शासनको पक्षमा आफुँलाई सधै उभ्याएको बताए । उनले पर्वत जेसिज जिल्लाको अग्रणी सामाजिक संस्था भएको बताउँदै नेतृत्व र ब्यक्तित्व बिकासका लागि धेरै युवाहरुलाई जेसिजमा आकर्षित गर्न सकिने बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले युवाहरुका बिचमा लोकप्रिय संगठनको रुपमा स्थापित गर्न जेसिजले अझै धेरै रचानात्मक कार्यक्रम सञ्चालन गर्न सुझाब दिए ।
उक्त अवसरमा पर्वत जेसिज अध्यक्षीय क्लबका अध्यक्ष ठाकुर बि पौडेल, पर्वत जेसिज बोर्ड अफ ट्रस्टीजका अध्यक्ष बिषमकुमार श्रेष्ठ, पर्वत जेसिज तालिम प्रतिष्ठानका अध्यक्ष लेखनाथ उपाध्याय , मानार्थ सदस्य बसन्तकुमार सिके, अधिबेशन निर्देशक तथा पुर्व अध्यक्ष बद्रीनारायण पौडेल, मञ्जु सिलाकारले शुभकामना दिएका थिए । पर्वत जेसिज बर्ष २०१६ का अध्यक्ष राजनकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक मिलन पौडेलले गरेका थिए भने सञ्चालन महासचिब सुमन श्रेष्ठले गरेका थिए । पर्वत जेसिजको आगामी अध्यक्ष पदमा प्रेमकुमार गुरुङ्ग(अशोक), बिनोद आचार्य र राजन जोशी दाबेदार रहेका छन । अन्य पदमा २१ जना आकाँक्षी रहेका छन ।