इजरायलबाट गाउँ फर्केर कृषि र्फम सञ्चालन गर्दै केसी
पर्वत /रोजगारीका निम्ति ६ वर्षसम्म इजरायलमा बसेर फर्किएका राम्जाका युवाले आफ्नै पहलमा कृषि फार्म संचालन गरेका छन ।
बिदेशमा विदेशमा सिकेको सिप गाउँमै प्रयोग गरेर स्थानियवासीलाई आत्मनिर्भर बनाउने उद्धेश्यले पर्वत जिल्लाको राम्जादेउराली गाविस–९ का रमेश केसीले आफ्नै पहलमा गाउँमै कृषि फार्म खोलेका हुन ।
विगत एक वर्ष अघि १० लाख रुपैयाको लागतमा १५ रोपनी क्षेत्रफलमा कृषक फार्म संचालनमा ल्याइको हो । स्थानिय २० जना कृषकहरु सहभागि सक्रिय कृषक समुह गठन गरे गाउँमै पहिलोपटक उक्त फार्म संचालनमा आएको अध्यक्ष रमेश केसीले जानकारी दिए । उनका अनुसार अहिले फार्ममा गोलभेडा, केराउ, काउली बन्दा, लगायत मौसमि तथा बेमौसमी तरकारीहरु लगाईएको छ । २२ वटा टनेलमा मात्र गोलभेडा खेती गरिएको छ । यो जिल्लाकै सवैभन्दा बढी मात्रामा गोलभेडा खेती भएको अध्यक्ष केसीले दावी गरेका छन् । त्यस्तै ६ रोपनी क्षेत्रफलमा केराउ, ५ रोपनी क्षेत्रफलमा काउली, बन्दा तथा अन्य क्षेत्रफलमा साग, खुर्सानी, मुला, लगायत अन्य जातका तरकारीहरु लगाइएको छ ।
बाबुबाजेले खेतीपाती गर्दै आएको जग्गा जमिन क्रमश बाँझो पल्टिन थालेपछि आफुले स्वदेश फर्किएर आफ्नै पहलमा तरकारी फार्म शुरु गरेको केसीले बताए । अहिले फार्मममा स्थानिय हिमा गिरी, विन्दु केसी, ताराबहादुर गुरुङ लगायत क्रियाशिल रहेका छन् । गाउँमै अर्गानिक तरकारी फार्म संचालन भएपछि उक्त फार्ममा उत्पादित तरकारीहरु केहि मात्रमा स्थानिस्तरमै र बाँकी रहेको तरकारी डिमुवा, पातीचौर, सदरमुकाम कुश्माबजार लगायतका क्षेत्रमा बिक्रि हुने गरेको छ ।
फार्ममा गरेको लगानी पहिलो वर्षमै उठिसकेको छ उनले भने फार्मको क्षेत्रफल र लगानी बढाएर अझै बढि उत्पादन गर्ने योजना अघि सारेका छौ । उक्त फार्मको क्षेत्रफल विस्तार गरि २० रोपनी पु¥याईने भएको छ । यस वर्ष थप पाँच रोपनी जग्गामा पनि गोलभेडा र अन्य तरकारी खेती हुने भएको छ । समुद्री सतहदेखि झण्डै २ हजार फिटको उचाईमा रहेको उक्त स्थानमा बमौसमि तरकारीहरु पनि सजिलै उत्पादन लिने सकिने र गण्ुास्तरीय पनि हुने भएकाले बजारमा सजिलै विक्रि हुने गरेको छ ।
इजरायलमा सिकेको सिप गाउँमै लगाएर बार्षिक रुपमा लाखौ रुपया आम्दानी गर्न सफल हुँदा छुट्टै खालको आनन्द र सन्तुष्टि मिलेको उनले बताएका छन् । आफु मात्र नभई समुहमा आवद्ध ३० जना कृषकहरुनै फार्मको कमाईबाट सन्तुष्ट बनेको केसीले बताएका छन् । पहिलो वर्षमै फार्ममा गरिएको लगानी उठिसकेको र आगामी वर्षदेखि २० देखि २५ लाख रुपैया सम्म आम्दानी गर्ने लक्ष्य रहेको छ ।
सिंचाईको अभावका कारण सोेचेजति उत्पादन लिन सकिएको छैन उनले भने प्लाष्टीक पोखरी र अन्य सुविधाका लागि जिल्ला कृषि विकास कार्यालयसँग माग गरेका छौ । सिंचाईको सहज सुविधा भएमा सोचेभन्दा पनि बढि कमाई हुने केसीको तर्क रहेको छ । उनले भने बाँझो रहेको जग्गामा प्रसस्त कमाई हुन थालेपछि गाउँका युवाहरु पनि विदेश मोह त्यागेर कृषि फार्म संचालनका लागि जुट्न थालेका छन् ।