कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता एउटै मञ्चमा, यस्तो हुँदैछ अबको अन्दोलन कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता एउटै मञ्चमा, यस्तो हुँदैछ अबको अन्दोलन
पाँच नम्बर प्रदेशका पाँच जिल्लालाई टुक्र्याएर चार नम्बर प्रदेशमा गाभ्ने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध लुम्बिनी अञ्चलमा आन्दोलन चर्किएको छ । प्रस्तावविरुद्ध शुक्रबार बुटवलमा विशाल जनप्रदर्शन भएको छ ।
प्रतिपक्षी एमाले मात्रै नभएर सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूले पनि विरोधसभालाई सम्बोधन गरेका छन् ।
अबको आन्दोलन यस्तो हुँदै छ
५ नम्बर प्रदेशमा जारी आन्दोलन अझ बढी चर्किने देखिएको छ । तीन दलका केन्द्रीय नेताहरू नै आन्दोलनमा खटिएका छन् । एमाले नेता विष्णु पौडेलका अनुसार अब १२ वटै जिल्लामा सबै क्षेत्रलाई समेटेर संयुक्त संघर्ष समिति बनाइनेछ र विरोध प्रदर्शनलाई निरन्तरता दिइनेछ । आन्दोलनलाई उचाइमा पुर्याउन २० मंसिरमा १२ वटै जिल्लाका सदरमुकाममा संयुक्त विरोधसभा र प्रदर्शन गरिनेछ ।
नयाँ पत्रिकाबाट