साँसद लम्सालले यसरी बाँडे साढे तीन करोड

15034411_1260987887257698_2018215745_o
पर्वत /पर्वत क्षेत्र नं. २ बाट ब्यबस्थापिका संसदमा बिजयी विकास लम्सालले साढे तीन करोड रुपैया साँसद बिकास कोषको रकम बिनियोजन गरेका छन ।
साँसद लम्साले निर्वाचन क्षेत्र पुर्बाधार बिशेष कार्यक्रम र साँसद बिकास कोषको रकम बिनियोजन गरेका हुन । बिनियोजित रकमको ठुलो हिस्सा सडक पुर्बाधारको बिकासमा लगाइएको छ।
जिल्ला विकास समितिमा केही दिन पहिले बसेको निर्वाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रम र साँसद बिकास कोषको रकम बाँडफाँड गरेको छ । जस अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको तीन करोड रुपैयाँ मध्ये १ करोड ३० लाख रुपैया सडक पूर्वाधारमा, ५० लाख रुपैया शिक्षा क्षेत्रमा, सामुदायिक भवन तथा धार्मिक सांस्कृतिक पूर्वाधार निर्माणका लागि ३० लाख रुपैया बिनीयोजन गरिएको छ । त्यस्तै सिंचाई योजनाका लागि ११ लाख, सञ्चार पूर्वाधारका लागि १० लाख, कृषि र पशु क्षेत्रको विकासका लागि ३० लाख, खानेपानी योजनामा १० लाख र कन्टेन्जेन्सीमा ९ लाख बिनीयोजन गरिएको छ ।
न्यूनतम १० लाख रुपैया भन्दा कम लागतमा योजनामा बजेट छुट्टाउन नमिल्ने भनेर देखिनेगरी कागजमा छुट्टाइएपनि योजनागत भने बिनीयोजन गरिएको छैन । यस वर्ष पनि गत वर्षझै विभिन्न टुक्रे योजनामा रकम बिनीयोजन गर्ने योजनामा सांसद तथा समितिमा सदस्यहरु रहेका छन् । 15320306_947232682076632_1984766807_n
त्यस्तै सांसद विकास कोषको ५० लाख रुपैया मध्ये पञ्चे बाजा संरक्षण्का लागि ५ लाख, बृद्ध बृद्धा तथा जेष्ठ नागरिक सम्मानका लागि १० लाख, युवा लक्षित कार्यक्रमका लागि ५ लाख रुपैया बिनीयोजन गरिएको छ । त्यसैगरी महिला लक्षित कार्यक्रमका लागि पाँच लाख, पाङ्गराङ्गको एम्बुलेन्स मर्मतका लागि २ लाख, दैविप्रकोप उद्धार कार्यक्रम पूर्वाधारका लागि २ लाख, अपाङ्ग असक्त शसक्तिकरण कार्यक्रमका लागि २ लाख, बालबालिका लक्षित कार्यक्रमका लागि १ लाख, आरन सुधारका लागि २ लाख रुपैया बिनीयोजन गरिएको सांसद विकास लम्सालले जानकारी दिए । त्यस्तै होमस्टे प्रवद्र्धन गर्नका लागि १ लाख ५० हजार, पर्वत महोत्सवका लागि ५० हजार, रेडियो पर्वतकालागि १ लाख ५० हजार, रेडियो सत्यवाणीका लागि १ लाख ५० हजार, रेडियो आबाज चिसापानीका लागि १ लाख ५० हजार रुपैया बिनीयोजन गरिएको छ । त्यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रमको वृत्तचित्र निर्माणका लागि तीन लाख रुपैया बिनीयोजन गरिएको सांसद लम्सालले जानकारी दिएका छन् । 15320235_947232678743299_1574002182_n
पर्वत जिल्लाका सांसदहरुमार्फत भित्रिने बजेट बाँडफाँड गर्न थालिएको छ । जिल्लाका दुई प्रत्यक्ष र एक समानुपातिक सांसद मार्फत भित्रिने साढे ७ करोड रुपैया दुईवटै निर्वाचन क्षेत्रका पुर्वाधार विशेष कार्यक्रम र सांसद विकास कोषको रकम विभिन्न साना योजनामा बाँडफाँड हुन थालेको छ ।
यता क्षेत्र नं. १ का सांसद अर्जुनप्रसाद जोशीमार्फत भित्रिने बजेट भने अब एक साता भित्र वाँडफाँड सकिने भएको छ । अहिले योजनाहरु संकलन गर्ने काम भैरहेको र केहि दिनमै सांसद र सरोकारवाला कार्यालयका प्रमुखहरुसहितको बैठक टुंगो लगाउने जोशीका स्वकिय सचिब बरदान पौडेलले जानकारी दिए ।
त्यस्तै समानुपातिक सांसद कल्पना चापागाईले पनि मंसिर मसान्तभित्र रकम बिनीयोजन गर्ने योजना रहेको बताईन । उनले गाउँ गाउँदेखि योजनाहरुको चाङ्ग लागेको तर सवैको सहमतिमा बढि प्रभाव पार्ने क्षेत्रमा रकम बिनीयोजन गर्ने सोच बनाएको जानकारी दिईन ।
निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको रकम वर्सेनि फ्रिज तथा दुरुपयोग भएको गुनासो आइरहेका बेला सांसदहरुले बिबेक पु¥याएर आवश्यक देखिएका ठाउँमा मात्र रकम बिनीयोजन गर्नुपर्ने सुझाव सरोकारवाला कार्यालयकै प्रमुखहरुले दिएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’