मलेसियाले बंगलादेशी कामदार लिने अन्तिम तयारी

malaysia-kuala-lumpurमलेसिया र बंगलादेशबीच कामदार लिने/दिने अन्तिम तयारी भएको छ । करिब दुई साताअघि दुवै देशका श्रम तथा मानव संशोधन मन्त्रीहरुबीच ढाकामा भएको छलफलपछि कामदार लिने/दिने ‘अन्तिम गृहकार्य’ भएको छ ।

मलेसियाली मानव संशाधन मन्त्री रिचर्ड रियट जइम र उनका बंगलादेशी समकक्षी नुरुल इस्लामबीच गत नोभेम्बर १७ मा भएको छलफलपछि यसबारे अन्तिम तयारी भइरहेको बंगलादेशको अंग्रेजी दैनिक ‘द स्टार’ ले उल्लेख गरेको छ ।

‘जीटूजी प्लस’ नाम दिइएको यस प्रक्रियामार्फत मलेसियाले बंगलादेश सरकारले तोकेका विभिन्न १० वटा एजेन्सीमार्फत बंगलादेशी कामदार लिन थाल्नेछ ।

अघिल्लो वर्ष जुनमा करिब १५ लाख बंगलादेशी कामदार लिने घोषणा गरेको मलेसियाले विभिन्न सरोकारवालाहरुको आलोचनापछि उक्त निर्णयबाट पछि हटेको थियो । उसले गत वर्ष फेब्रुअरी १९ मा नयाँ विदेशी कामदार नलिने निर्णय गरेको थियो ।

उक्त निर्णय गरेको झन्डै २२ महिनापछि मलेसियाले बंगलादेशी कामदार लिने अन्तिम तयारी गरेको हो । बंगलादेशबाट मलेसियाले पुरुष र महिला दुवै कामदार लिने जनाइएको छ ।

कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ