बागमती सफाइमा सफलता, पशुपतिको पानी स्नानयोग्य

काठमाडौँ – बागमती नदीलाई ढलमुक्त गर्ने उद्देश्यसाथ आयोजित बागमती सफाइ अभियानको १८५ औँ सप्ताहसम्म आइपुग्दा सुन्दरीजलदेखि गुह्येश्वरी सूर्यघाट हुँदै पशुपति आर्यघाटसम्मको पानी स्नानयोग्य भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीको यस क्षेत्रमा देखापरेको स्वच्छतासँगै बागमती नदी र मनोहरा खोलाको मीनभवन क्षेत्रको दोभानसम्म स्नानयोग्य हुने गरी यस क्षेत्रलाई ढलमुक्त गर्दैछ ।

एकीकृत विकास समितिका सिनियर डिभिजनल इन्जिनियर योगेन्द्र चित्रकारका अनुसार चालु अर्थिक वर्षको अन्त्यसम्म बागमती र मनोहरा नदीको दोभानलाई ढलमुक्त गर्ने गरी कार्य थालिएको छ । विकास समितिको आफ्नै प्रयोगशालामा गरिएको पानी परीक्षणबाट सुन्दरीजलदेखि आर्यघाटसम्मको नदी खण्ड स्नानयोग्य पाइएको चित्रकार बताउँछन् ।

बागमती सफाइका क्रममा आठ हजार सातसय टन फोहोर नदीबाट हटाइसकिएको छ । फोहोर हटेपछि गुह्येश्वरी नदी खण्डमा माछाका भूरासमेत देखापरेको छ भने जनैपूर्णिमा, बालाचतुर्दशी लगायत ठूला पर्वमा श्रद्धालुले यहाँ स्नान गर्न थालेका छन् । आर्यघाटमा रहेका चिताबाट नदीमा शव जलाइएका फोहोर विसर्जन गर्न रोकिएपछि यो क्षेत्र स्वच्छ अनुभव गरिएको शव जलाउने पेसाका मजदुर नाइके चन्द्र ढकालले जानकारी दिएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना