सीमामा सुरक्षा निगरानी, प्रदेश पाँच र दुईमा सुरक्षा चुनौती

police-new-dressकाठमाडौं – प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग विगतमा आन्दोलन नियन्त्रणमा लिँदा संगठनका तर्फबाट भएका कमीकमजोरी सच्याउँदै नयाँ सुरक्षा योजनामा जुटेका छन् ।

तीनवटै सुरक्षा निकायले केही महिनाअघि देशका विभिन्न भागमा संयुक्त पूर्वअभ्यास गरेका थिए ।

आपसमा समन्वयको कमी, भूमिकाका विषयमा खिचातानी र स्थितिको पूर्वमूल्यांकन तथा पूर्वसूचनाको कमीका कारण यसअघिका आन्दोलनमा धनजनको क्षति भएको निष्कर्ष उनीहरुको छ ।

यसै आधारमा रणनीति बनाएर उनीहरु आन्दोलनका क्रममा हुने सक्ने धनजनको क्षति रोक्न पूर्वअभ्यासमा जुटेका हुन् ।

यसैबीच प्रहरीले प्रदेश पाँच र दुईमा सुरक्षा चुनौती बढिरहेको निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ । सुरक्षा खलल पार्ने तत्वको पहिचानमा पनि प्रहरी जुटेको छ ।

प्रदेश ५ मा राजनीतिकरुपमा संविधान संशोधनको विपक्षमा रहेका दल र दुईमा भूमिगत सशस्त्र समूहले गतिविधि बढाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो