थानकोट–नागढुङ्गा सडकखण्डमा सुरुङमार्ग निर्माण हुने

sitapaila-to-naubise-624x566काठमाडौं, १५ मंसिर । बहुप्रतीक्षित थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग अब निर्माण हुने पक्का भएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जापान सरकारबाट प्राप्त नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि १७ अर्ब रुपियाँ ऋण स्वीकार भएपछि सुरुङमार्ग निर्माणका लागि बजेटको समेत व्यवस्था भएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

सडक विभाग, वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने गरी निर्माण गर्न लागिएको सुरुङमार्ग अबको पाँच वर्षभित्र सम्पन्न हुने बताए ।

सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा भएको बताउँदै उहाँले सन् २०२१ सम्म सो मार्गको निर्माण पूरा गर्ने लक्ष्य छ ।

अबको दुई महिनाभित्र डीपीआर तयार गर्न कम्पनी छनोटको प्रक्रिया टुङ्गो लाग्ने जानकारी दिँदै उनले छनोट भएका कम्पनीबाट एक वर्षभित्र विस्तृत डिजाइन प्रतिवेदन प्राप्त हुने र डेढ वर्षभित्र सुरुङको निर्माण कार्य सुरु हुने बताए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी