वैवाहिक जीवन सफल बनाउन शयनकक्ष वास्तु अनुसार यसरी मिलाउनुस्

काठमाडौं, १४ मंसिर– बेडरुम घरको मुख्यकोठाका रुपमा मानिन्छ । यसैले बेडरुम अनेक तरिकाले सजाइएका हुन्छन् । बेडरुमको सफासुग्घुरमा राख्नुको साथै बेडरुममा सजाइएका वा राखिएका सामानहरु वास्तु अनुसार उपयुक्त ठाउँमा भएको नभएको पनि ख्याल राख्नुपर्छ । यसको ध्यान नदिँदा वैवाहिक जीवन तनावपूर्ण पनि हुनसक्छ ।

gallery-master-bedroom-1

थाहापाउनुस् यी १० बेडरुम सेक्रेट जसले तपाइँको वैवाहिक जीवन सुखीमय बनाउँछ ।

घरको मुलढोकाबाट भित्र जाने बितिक्कै बेडरुम नबनाउनुस् । चिनीयाँ फेन्गसुइ शास्त्रका अनुसार शयनकक्ष यदि घर भित्र पस्ने बितिक्कै छ भने पनि जालीदार पर्दा वा पार्टेशन गरेर कोठालाई मिलाउनुपर्छ । यसोगर्दा अदालती झन्झट वा मानसिक तनावबाट पनि छुटकारा मिल्ने विश्वास छ ।

सुत्दा टाउको पर्ने ठाउँको सीधा ऐना वा ड्रेसिङ टेबुल राख्नुहुँदैन । मानिसहरु अक्सर निन्द्रामा आफ्नै छायाँ देखेर पनि तर्सिनसक्छन् ।

सुत्नेकोठामा पानीको चित्र वा माछा सहितको एक्वारियम राख्ने गर्नुहुँदैन् ।

बेडको ठीक माथि कुनै बत्ति वा पंखा अथवा इलेक्ट्रिकल सामाग्री राख्नुहुँदैन यसले पाचनशक्तिलाई कमजोर बनाउँछ ।

सुत्दाखेरि सिरानीको मुनि वा त्यसको माथि घडी झुण्ड्याउनु हुँदैन ।

बेडको तन्ना र टकिया सादा कलरको हुनुपर्छ ।

बेड नजिकै हिटर वा तातोदिने इलेक्ट्रिकल सामान राख्नुहुँदैन ।

सुत्नेकोठामा कुनै धार्मिक मन्दिर वा आफ्ना पूर्खाहरुको तस्वीर राख्नुहुँदैन ।

शयनकक्षमा लडाइँ, भद्दा देखिने तस्वीरहरु र तर्साउने तस्वीर भित्तामा राख्नुहुँदैन ।

सुत्दाखेरि सिरानी दक्षिणतिर र खुट्टा उत्तरतिर पारेर सुत्नुपर्छ । अनिन्द्रा र लामोआयुको लागि वास्तुअनुसार यसरी सुत्नु उपयुक्त मानिन्छ । एजेन्सी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई