कालीगण्डकी एकेडेमीमा खेलकुद सप्ताह समापन
पर्वत /कालीगण्डकी एकेडमी, कुश्मामा गत शुक्रबारदेखि शुरु भएको खेलकुद सप्ताह–२०७३ सम्पन्न भएको छ।
“स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ शुरु भएको खेलकुद प्रतियोगिता ५ दिनसम्म सञ्चालन भएको थियो ।
प्रतियोगितामा १ सय ८७ अङ्क पं्राप्त गरी पहेलो सदन प्रथम भएको छ। अनुशासित विधाको ट्रफी निलो सदनले प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट छात्र खेलाडीको उपाधी ट्रफी रातो सदनका विज्ञान नेपाली र उत्कृष्ट छात्रा खेलाडीको उपाधी ट्रफी पहेलो सदनकी पे्ररणा जोशीले हात पारिन् । कार्यक्रममा उत्कृष्ट सहयोगको ट्रफी कक्षा १० का समिर जोशीले प्राप्त गरे भने उत्कृष्ट नेतृत्वदायी भुमिकाको पुरस्कार पहेलो सदनकी क्याप्टेन प्रेरणा जोशीलगायत उनका सदन ज्वाइन्ट तथा भाइस क्याप्टेनहरुले र उदियमान नेतृत्वको पुरस्कार हरियो सदनका हिमांशु सुबेदीले प्राप्त गरे । मार्चपास प्रतियोगितामा पहेलो सदन उत्कृष्ट भई ट्रफी प्राप्त ग¥यो ।
विद्यालयमा रहेका रातो, निलो, पहेंलो र हरियो सदन गरी ४ सदनले समूहगत रुपमा भाग लिएको सो प्रतियोगितामा राष्ट्रपति कपमा खेलाइने सबै २८ वटा इभेन्टहरु समावेश गरिएको थियो भने कक्षा ५ देखि तलका बालबालिकाका लागि उनीहरुको उमेर सुहाउ“दो १६ खेलहरु समावेश गरिएको र जुनियर लेभलको खेलकुद प्रतियोगिता नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले व्यक्तिगत रुपमा प्रतिस्पर्धामा भाग लिएको विद्यालयले जनाएको छ । समारोहमा सबै प्रतियोगिताका लागि ३३० वटा मेडल तथा पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अथिति तथा प्याब्सन केन्द्रीय समितिका सदस्य केशवराज पुरी, विशिष्ट अतिथिहरु शिवालय अगुवा श्रोत केन्द्रका श्रोत व्यक्ति प्रेमप्रसाद सुवेदी, प्याब्सन पर्वतका अध्यक्ष हिमबहादुर पौडेल क्षेत्री, तथा अतिथिहरु प्याब्सन पर्वतका सचिव रामकृष्ण रेग्मी र प्याब्सन पर्वतका सदस्य इन्द्रमान खत्रीले प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
मङ्गलबार विद्यालयको खेलकुद मैदानमा आयोजित पुरस्कार वितरण तथा समापन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनारायण कर्माचार्यको सभापतित्वमा आयोजना भएको थियो भने समारोहमा प्याब्सन केन्द्रीय समितिका सदस्य केशवराज पुरीले प्रमुख अतिथिय मन्तव्य राख्दै संस्थागत विद्यालयले बालबालिकाको चौतर्फी विकासका लागि खेलकुद लगायत अतिरिक्त क्रियाकलापलाई पनि त्यतिक्कै महत्व दिदै आएको बताउनु भयो भने शिवालय अगुवा श्रोत केन्द्रका श्रोत व्यक्ति प्रेमप्रसाद सुेदी र प्याब्सन पर्वतका अध्यक्ष हिमबहादुर पौडेल क्षेत्रीले मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा विद्यालयका संस्थापक÷प्रिन्सिपल बसन्तकुमार कर्माचार्यले स्वागत मन्तव्य, कार्यक्रम संयोजक विक्रम थापाले कार्यक्रम माथि प्रकाश र भाइस–प्रिन्सिपल गोबिन्द पौडेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
त्यस्तै समारोहमा प्रतियोगिता सम्पन्न गर्न उत्कृष्ट योगदान पु¥्याएका प्रतियोतिाका निर्णायक तथा वरिष्ट खेल प्रशिक्षकहरु इन्द्रप्रसाद श्रेष्ठ र प्रभा खड्का श्रेष्ठ तथा खेलकुद सप्ताह–२०७३ का संयोजकहरु विक्रम थापा र रश्मी गौतमलाई विद्यालयको तर्फबाट विशेष सम्मान स्वरुप “सम्मानको चिनो” प्रदान गरिएको थियो ।