ब्राजिलको फुटबल टिम बोकेको विमान कोलम्बियामा दुर्घटनाग्रस्त हुँदा ७६ को मृत्यु, ५ को जीवितै उद्दार

1469932855brazilकाठमाडौं । ब्राजिलको एक फुटबल क्लबका खेलाडी बोकेर कोलम्बियाको मेडेल्लिन  अन्तर्राष्ट्रिय  एयरपोटतर्फ गइरहेको एक विमान दुर्घटनाग्रस्त हुँदा ७६ जनाको मृत्यु भएको छ ,

समाचारसंस्था सीएनएनले जनाएअनुसार ७२ जना  यात्री र ९ जना चालक दलका सदस्य सहितकोे उक्त चार्टर बिमान बोलिभियाको भिरु भिरु एयरपोर्ट बाट मेडेल्लिन अन्तराष्ट्रिय एयरपोटतर्फ गइरहेको थियो ।

समाचारमा जनाइएअनुसार कोलम्बियाको मेडेलिन अन्तर्राष्ट्रिय विमानस्थलका नजिकै रियोनेग्रो भन्ने स्थानमा दुर्घटनामा परेको कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

विमान दुर्घटनामा ५ जना बाँच्न सफल बताइएको छ  ।

नागरिक उड्डयन प्राधिकरणले सुरुमा तीन जना खेलाडी, दुई चालक दलको सदस्य र एक पत्रकार बाँच्न सफल भएको बताइए पनि एक जनाको उपचारको क्रममा मृत्यु  भएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कोलम्बियाको एटलेटिको न्यासियनल क्लबसँग कोपा सुदामेरिकाना फाइनल खेल खेल्न ब्राजिलको चापेकोइन्से टिम उक्त विमानमा यात्रा गर्दै थियो । उक्त खेल बुधबार मेडेल्लिनमा खेल्ने कार्यक्रम थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका