गाउँ खाली भएपछि उपल्लो मुस्ताङका प्रहरी चौकी मर्ज

mustang-prahari-chauki
केशव बि.क./मुस्ताङ
हिमालपारीको जिल्ला मुस्ताङ्गको तिब्बत संग सिमा जोडिएको उपल्लो क्षेत्रका प्रहरी चौकीहरु मर्ज भएका छन ।
उपल्लो मुस्ताङ्गमा अत्याधिक चिसो बढेपछि गाउँ खाली हुँदै गएकाले प्रहरी चौकीहरुलाई मर्ज गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय छोसेर तथा प्रहरी चौकी घमीm सुर्खाङ्ग र छोन्हुप र्मज गरिएको हो । मर्ज गरिएको लोमान्थाङ, छुसाङ, मुक्तिनाथ र जोमसोममा अस्थायी मर्ज गरिएको छ । ‘अत्याधिक चिसो बढेपछि चहलपहल समेत घटेको छ’ उनले भने ‘गाउँ नै खाली भएका कारण प्रहरी चौकी मर्ज गरिएको हो’
जाडोबढे संगै मंसिरको पहिलो साता देखि उपल्लो मुस्ताङका स्थानिय जाडो छल्न बेशी झर्छन । त्यस भेगमा इन्धन, दैनिक उपभोग्य सामान लगायतका पूर्वाधारको समस्या छ । अर्को तर्फ हिमाली क्षेत्रका प्रहरीलाई सरकारले ठाउँ अनुसारको पोशाकको व्यवस्था नगर्दा जाडो समयका लागि प्रहरी चौकी मर्ज गर्नु पर्ने अवस्था आएको हो ।
मर्ज गरिएका क्षेत्रमा स्थानियबासी नहुने भएकाले कुनै घटना हुँदा इलाका प्रहरी कार्यालय लोमान्थाङ्ग, चराङ्गबाट सुरक्षाकर्मीले हेर्ने ब्यबस्था मिलाइएको छ । मर्ज गरिएका प्रहरी चौकीलाई चिसो कम हुँदै गएपछि र स्थानिय बेशीबाट फर्किने क्रम बढेसंगै पुनः पहिलेकै ठाउँमा पुर्नस्थापना गरिन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना