ब्राजिलको फुटबल टोलीसहित ७२ यात्रु बोकेको विमान कोलम्बियामा दुर्घटना
बोगोटा – ब्राजिलको एक फुटबल टोलीसहित ७२ जना यात्रु बोकेको एक यात्रुवाहक विमान कोलम्बियाको मेडेलिन सहर नजिकै दुर्घटना भएको छ ।
विमानमा ९ जना चालकदलका सदस्यहरु पनि रहेका थिए ।
बिबिसीका अनुसार दुर्घटनाबारे विस्तृत विवरण नआएपनि दुर्घटनामा केही संख्यामा यात्रु बाँचेको पनि बताइएको छ ।
बोलिभियाबाट उडेको चार्टड विमानमा च्यापोकोइनसे फुटबल टिमका सदस्य रहेको विमानअधिकारीहरुलाई उल्लेख गर्दै बिबिसीले लेखेको छ ।
टोलीले मेडेलिनमा एथ्लेटिको न्यासिनोलसँग दक्षिण अमेरिकी क्लब कप प्रतियोगिता खेल्न लागेको थियो ।
दुर्घटनापछि फाइनल खेल रद्द गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार प्लेन स्थानीय समयअनुसार मध्यराती सहर नजिकैको हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त बनेको हो ।