सानैमा बिबाह गरेका किशोरीहरु बालबिबाह रोक्ने अभियानमा भन्छन –‘हामीले दुःख पायौ तिमीहरुले दुःख पाउनुहुन्न’

15205825_943587999107767_1973930194_o
पर्वत /चित्रे गाविस–८ की रीतु सुनारले १४ वर्षको उमेरमै छिमेकी किशोरसँग बिवाह गरिन् । बिवाह गरेको केहि महिनापछिनै उनी गर्भवती भईन । उमेर नपुग्दै बिबाह भएकाले उनमा थुप्रैखालका स्वास्थ्य समस्याहरु देखिए । बच्चा पनि जन्मियो तर बच्चा जन्माउन निकै समस्या र आर्थिक बोझ समेत व्यहोर्नु प¥यो । अहिले उनको पहिलो सन्तान पाँच वर्षको भैसकेको छ भने लगत्तै दोस्रो सन्तान पनि जन्माईन दोस्रो सन्तान एक वर्षको काखमा छ ।
उनीमात्रै हैन सोही गाउँकी शिला सुनारको १५ वर्षको उमेरमा, शान्ति विकको १४ वर्षको कलिलो उमेरमा विवाह भयो । विवाह पश्चात व्यक्तिगत स्वास्थ्य समस्यासँगै परिवारमा पनि थुप्रै खालका समस्या आउन देखिए ।
सिङ्गो गाउँमै बालबबिाह गर्ने लहर बढ्दै जाँदा समाजमा बिकृति फैलिएको ठहर गर्दै पछिल्लो समय स्थानिय किशोरीहरु सक्रिय बनेका छन् । बाल बिवाह रोकी स्वच्छ र सवल समाज निर्माण गर्ने उद्धेशयले स्थानिय किशोरीहरु एकजुट भएर लागेका हुन् । १४ वर्षदेखि २४ वर्षसम्मको उमेर समुहका किशोरी तथा युवतीहरु मिलेर स्थापना गरेको भूमि युवा महिला समुहले गाउँमा विकृतिको रुपमा रहेको बालबिवाह न्यूनिकरण गर्न अहिले सचेतना फैलाउन थालेका छन् । 15216006_942956949170872_457012438_o
दलितको मात्र बस्ती रहेको वडा नं. ८ मा झण्डै दुई दर्जन घरपरिवार रहेका छन् । आर्थिक रुपमा विपन्न परिवारहरु शिक्षाको कमीका कारण बालबिबाह बढ्दै गएको र सामाजिक स्वास्थ्यमै प्रतिकुल असर देखिएपछि यो अभियानमा जुटेका समुहकी अध्यक्ष सन्तोषी विकले बताईन । उनले भनिन् विगत दुई वर्ष अघि सम्म गाउँमा बालबिवाह गर्ने किशोर किशोरीहरुको संख्या ह्वात्तै बढेको थियो तर अहिले पुर्ण रुपमा हटेको छ । बालबालिका, किशोर किशोरी र अभिभावकहरुसम्म सचेतना फैलाउन सफल भएपछि उक्त प्रचलन हटेर गएको उनले बताईन । गाउँका झण्डै दुई दर्जन भन्दा बढि दम्पत्तीहरुले बालबिवाह गरेको उनिहरुको अनुमान छ ।
अहिले उनिहरुको समुहमा १२ जना सदस्यहरु रहेका छन् । उनिहरु गाउँमा १४ वर्ष उमेर पुगेका किशोरीहरुलाई बालविवाह, घरेलु हिंसा लगायतकमा सचेतना फैलाउने, उनिहरुलाई आयआर्जनका क्रियाकलापमा सहभागि गराउने, विद्यालय बाहिर रहेकाहरुलाई विभिन्न श्रोतहरु जुटाएर विद्यालयसम्म पु¥याउने अभियान थालेका छन् । उनिहरुको अभियानमा प्लान इन्टरनेशनल नेपाल र इन्प्रेड नेपाल पर्वतले समेत हातेमालो गरेको छ । उनिहरुलाई आयआर्जनका क्रियाकलापका साथै किशोरी शिक्षा, विभिन्न सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाई बालबिबाह रोक्ने अभियान थालिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक ऋषिराम पौडेलले बताए । उनले भने उक्त कार्यक्रम लागु भएपछि अहिले गाउँमा बाल बिबाह रोकिनुका साथै स्थानिय बालबालिका तथा अभिभावकहरुमा समेत चेतना अभिबृद्धि भएको छ । २० वर्ष पारी बिहेबारी भन्ने नारालाई गाउँमा लागु गर्न सफल भएको उनको अनुभव छ ।
स्थानिय जीवनज्योती प्राविका प्रद्यानाध्यापक तारानाथ पौडेलले दलित समुदायमा बिकृतीको रुपमा रहेको बालबिबाह पछिल्लो समयमा पुर्ण रुपमा हटेर गएको बताए । उनले बालबालिका शिक्षाको पहुँच सँगै चेतनाको स्तर बृद्धि भएका कारण बाल बिबाह जस्तो गैरकानूनी गतिविधि हुन छाडेको पनि बताए । 15182523_942956842504216_681400887_o
महिला समुहकी सचिब विनिता विक अहिले कक्षा १२ मा अध्ययनरत छिन् । उनि उक्त दलित समुदायमा सवैभन्दा धेरै पढ्नेमध्येकी एक हुन् । उनि भन्छिन् शिक्षाकै कमीका कारण आफ्नो गाउँमा बालबिवाह गर्ने प्रथा बढेको रहेछ अहिले भने हटेर गएको छ । समुहमा आवद्ध युवतीहरुले आफ्नो खाजा खर्च कटाएर मासिक बचत समेत गर्ने गरेका छन् । अहिले उनिहरुको समुहमा बचत १७ हजार रुपैया पुगिसकेको छ । उक्त रकम मासिक रुपमा सस्तो व्याजदरमा लगानी गर्ने र अन्य आयआर्जनका क्रियाकलापमा समेत खर्चिन थालेका छन् । गाउँमा युवती तथा किशोरीहरु एक जुट भएर अभियान थालेपछि अभिभावकहरु समेत सचेत हुन थालेको स्थानियले बताएका छन् ।
15216118_942956892504211_1262486713_o1

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास