फलेबासमा बालाचर्तुदशी मेला सुरु , संबिधान कार्यान्वयन हुन नदिन संशोधन प्रस्ताब – लम्साल
माधब पराजुली/पर्वत
पर्वत क्षेत्र नं.२ का सांसद एवं नेकपा एमालेका नेता बिकास लम्सालले अहिँलेको सरकार बाह्य शक्तिको ईशरामा चलेको आरोप लगाएका छन् । सोमबार खानीगाउँ युवा क्लबले आयोजना गरेको बालाचतुर्दशी मोलाको उदघाट्न गर्दै सांसद लम्सालले अहिँलेको सरकारले बैदेशिक हस्तक्षप भित्राएको बताएका हुन ।
यो सरकारले जरुरी नभएका कुरा गर्ने तर जुन कुरा जरुरी छ त्यो नगर्ने प्रवृति देखिएको लम्सालको आरोप छ ।
उनले अहिँलेको सरकरले भित्राएको बाधा अड्चन लाई अब नेकाप एमालेले फुकाउने दाबी गरे । लम्सालले सरकारले सत्ताको खेल खेल्दै समय त्यसै खेर फालेको बताउदै संविधान कार्यान्वयन हुन नदिन सरकारले संबिधान संसोधनको प्रस्ताव ल्याएको आरोप समेत लगाए । संविधान संसोधनमा आफ्नो पार्टी बाधक नबनेको तर संबिधान संसोधन किन र केका लागी त्यसको औचीत्य पुष्टी गर्नुपर्ने बताएका छन् । उनले यदि संबिधान प्रस्ताव दर्ता मात्र भए त्यसको बिरुद्ध नेकपा एमालेले सडक तताउने कडा चेतावनी समेत दिए ।
उनले संबिधान संसोधन भन्दापनि कार्यन्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् । संक्रमणकालको अन्त्यका लागि तत्काल संबिधान कार्यन्वयन गर्नुपर्ने र त्यसका लागि निर्वाचन हुनुपर्ने उनको भनाई छ ।
उनले जनता लाई समृद्धि तर्फ उन्मुख गाराउन आफ्नो पार्टी एमाल लागी रहने बताउदै नेपालको अस्मिता जोगाउनको लागी एमाले कुनै पनि हालतमा नचुक्ने बताए । उनले यो सरकारको धेरै आयु समेत नरहेको बताउदै अब छिट्टै एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।