अंग्रेजी नयाँ वर्षको स्वागतका लागि पोखरामा सडक महोत्सव गरिने

पोखरा । रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०१७ को स्वागत र पुरानोको बिदाइका लागि आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा ‘पोखरा सडक महोत्सव’ गरिने भएको छ ।

महोत्सवको जानकारी गराउन रेवान पोखराद्वारा सोमबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले प्रत्येक वर्ष एकै समय र अवधिका लागि गर्दै आइएको ‘सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मूलनारासहित यसपटक १८ औँ सडक महोत्सव गरिन लागिएको जानकारी दिए ।

पोखरा सडक महोत्सव गर्नु अघि अङ्ग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक विदेश जाने प्रचलन रहेको बताउँदै उनले महोत्सव सञ्चालनसँगै नेपाली नागरिक पोखरामा नयाँ वर्ष मनाउन थाल्नुका साथै यसले विदेशी पर्यटकलाई समेत आकर्षित गर्दै गएको बताए ।

महोत्सवलाई भव्य र सभ्य बनाउने लक्ष्यका साथ आवश्यक तयारी सुरु गरिएको बताउँदै उहाँले महोत्सवमा आउने पर्यटकले विभिन्न परिकारको स्वाद लिँदै सांस्कृतिक एवम् मनोरञ्जनात्मक प्रस्तुति अवलोकन गर्न पाउने जानकारी दिए ।

रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले पर्यटकीयस्थल लेकसाइडलाई पूरै समेटेर सहिदचोकदेखि खहरेडिहिको पाटनसम्म करिब साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने जानकारी दिए ।

आन्तरिक एवम् बाह्य पर्यटकलाई आकर्षण गर्दै पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा विकास गराउन महोत्सव सफल बन्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई