डा. गोबिन्द केसीको स्वास्थ्य अबस्था एकदमै नाजुक

dr-govinda-kc-ansan-3
काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्ती र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाका सवालमा कुला नमिलेपछि गोविन्द केसी र सरकारका प्रतिनिधिबीच सोमवार भएको वार्ता पनि पनि निष्कर्षमा पुग्न सकेन ।

चिकित्सा शिक्षा र सेवासँग सम्बद्ध १० बुँदे मागसहित १७ औं दनदेखि आमरण अनसनरत केसीको स्वास्थ्य स्थिति भने एकदमै नाजुक भैसकेको छ । मंगलबार केसीको अनसन १७ औं दिनमा पुगेको छ ।

संस्थानको डिन हटाउनु भन्दा पनि यसमा निष्पक्ष नियुक्तिको लागि प्रकृया बनाउनु पर्ने तर्क सरकारी पक्षले अघि सारेको थियो ।

केसीको स्वास्थ्यमा दिनहु जटिलता थपिदै जाँदा समेत सरकारी वार्ता टोलीले केसी पक्षलाई थकाउने रणनीति अपनाएको आरोप लगाए । सरकारी वार्ता टोलीका शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले वार्ता सहमति नजिक पुगेको दावी गरे । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना