कांग्रेसले छान्यो १० राज्यमन्त्री

Nepali_congress
काठमाडौं – कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो ।

संस्थापनबाट दीर्घराज भाट, मिठु मल्ल, सुवर्ण ज्वारचन, सीताराम मेहता र दिलीप गच्छदारको टुंगो लागेको छ । पौडेल पक्षबाट दीपक खड्का, सुरेन्द्र आचार्य, कञ्चनचन्द्र बादेको टुंगो लागेको हो । नेता पौडेलले जापान जानुअघि नै यी तीनसहित जीवन परियारको नाम अन्तिममा हाल्दै सभापति देउवालाई पठाएका थिए । यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ।

खुमबहादुर पक्षबाट इन्द्र बानियाँ र सिटौला पक्षबाट तारामान गुरुङ छन् । उनीहरूलाई दिइने मन्त्रालयको टुंगो लगाउन र प्रधानमन्त्रीलाई नाम बुझाउने जिम्मा सभापति शेरबहादुर देउवाले आइतबार नै उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई दिएका थिए । मन्त्री निधिले प्रधानमन्त्रीलाई नाम बुझाउने र सोमबार नै शपथ लिने तयारी भए पनि हुन सकेन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा