पराकम्पमा परि एक जनाको मृत्यु
सोलुखुम्बु—सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएर बिहान गएको भूकम्पका कारण आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको छ ।
भूकम्पलगत्तै हिमपहिरो जाँदा खुम्जुङका फुनुरु शेर्पाको ज्यान गएको र एक फ्रान्सेली घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । यस्तै चौँरीखर्कमा दुई घरसमेत भत्किएको प्रहरीले जनाएको छ ।
केन्द्रका अनुसार सोमबारको भूकम्प ०७२ वैशाख १२ गतेको ७.६ म्याग्निच्युड भूकम्पकै ४७४ औं अनुकम्पन हो ।
यसअघि कात्तिक १ गते नुवाकोट केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युड स्केलको अनुकम्पन गएको थियो । यो समाचार आजको ो नागरिक दैनिकले छापेको छ ।